शुक्रबार, चैत १६ गते २०८०    
images
images

टाटाको अर्को विद्युतीय कार अट्रोज इभी आउँदै

images
images
टाटाको अर्को विद्युतीय कार अट्रोज इभी आउँदै

नेक्सन र टिगोरको इभी भर्सन ल्याएको टाटाले २०२२ मै अल्ट्रोज इभी पनि ल्याउने भएको छ।

images
images

काठमाडौं- विद्युतीय कार उत्पादनमा आक्रामक हुँदै गएको टाटा मोटर्सले अर्को विद्युतीय कार ल्याउने तयारी गरेको छ। कम्पनीले २०२२ मै अर्को विद्युतीय कार ल्याउने भएको हो। 

images
images
images

अबको केही वर्षभित्र टाटाले आधा दर्जनभन्दा बढी विद्युतीय कार बजारमा ल्याइसक्ने छ। टाटाले केही साताअघि दुई वटा नयाँ विद्युतीय कार कर्भ र अभेन्या कन्सेप्ट सार्वजनिक गरेको थियो। यी कारहरु २०२५ भित्र बजारमा आइसक्ने छन्। 

images

नयाँ जेनेरेसनका यी विद्युतीयभन्दा भन्दा पहिले टाटाले हाल डिजेल/पेट्रोल भर्सनमा रहेका कारको विद्युतीय मोडल ल्याउने छ। नेक्सन र टिगोरको इभी भर्सन ल्याएको टाटाले २०२२ मै अल्ट्रोज इभी पनि ल्याउने भएको छ। टाटाले २०२० को अटो एक्सपोमा अल्ट्रोज इभीको कन्सेप्ट सार्वजनिक गरेको थियो। 

images
images

भारतमा कारको बिक्री लयमा फर्किएसँगै नयाँ कार सार्वजनिक हुने क्रमसमेत बढेको छ। विद्युतीय कारको बजार निक्कै सानो भएकाले नयाँ कार सार्वजनिक पनि कममात्र हुने गरेको छ। हाल बिक्री भइरहेको विद्युतीय कारमा टाटा मोटर्सको हिस्सा ८५ प्रतिशतभन्दा बढी रहेको छ। 

अल्ट्रोज इभीले एक पटकको फुल चार्जमा २५० देखि ३ सय किलोमिटर रेन्ज दिनेछ। टाटाले अल्ट्रोज इभीले पनि नेक्सनले सरह पर्फमेन्ट दिने र सुविधा पनि उत्कृष्ट हुने दाबी गरेको छ। 

टाटाको नेक्सन इभी र टिगोर इभी नेपाली बजारमा समेत उपलब्ध छन्। नेक्सन इभी भारतका साथै नेपालमा पनि निक्कै लोकप्रिय छन्। अल्ट्रोज इभी पनि भारतमा सार्वजनिक भएलगत्तै नेपाली बजारमा समेत आउने छ। दुई साताअघि टाटाले नेक्सन इभी म्याक्स भारतमा सार्वजनिक गरेको थियो। 

images

प्रकाशित : बिहीबार , जेठ १२ २०७९०८:३०

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ