शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

गहुँ र चिनीपछि चामल निर्यातमा प्रतिबन्ध लगाउँदै भारत

images
images
images
गहुँ र चिनीपछि चामल निर्यातमा प्रतिबन्ध लगाउँदै भारत

भारत चीनपछिको संसारकै दोस्रो ठूलो चामल उत्पादक मुलुक हो।

images
images

काठमाडौं- यसअघि नै गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाइसकेको भारत सरकारले चामल निर्यातमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको छ।

images
images
images

आन्तरिक बजारमा सम्भावित अभावलाई मध्यनजर गर्दै भारतले क्रमशः विभिन्न खाद्यवस्तुको निर्यातमा प्रतिबन्ध लगाउँदै गएको हो। 

images

भारतको प्रधानमन्त्री कार्यालयले एक कमिटी बनाएर हरेक उत्पादनको अध्ययन गरेर निर्यात प्रतिबन्धको निर्णय गरिरहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। मूल्यवृद्धि उच्च बिन्दुमा पुगेकाले थप महँगो हुनसक्ने र अभाव हुनसक्ने उत्पादनको निर्यातमा रोक लगाइएको भारतीय अधिकारीहरूले बताएका छन्। 

images

भारत चीनपछिको संसारकै दोस्रो ठूलो चामल उत्पादक मुलुक हो। २०२१/०२२ मा भारतले १ सय २० देशमा चामल निर्यात गरेको थियो। भारत सरकार ५ खाद्यवस्तुमा निर्यात प्रतिबन्ध लगाउने योजनामा छ। अहिले चिनी र गहुँ प्रतिबन्ध भइसकेको छ भने चामल प्रतिबन्धमा पर्ने क्रममा छ। यसबाहेक अन्य दुई खाद्यवस्तुको समेत निर्यात प्रतिबन्ध हुनेछ। 

images
images

भारतले आर्थिक वर्ष २०२२ मा ६ अर्ब ११ करोड अमेरिकी डलर बराबरको गैरबासमती चामल निर्यात गरेको थियो। भारतबाट नेपालले वार्षिक करिब २५ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात गर्दै आएको छ। 

images

प्रकाशित : बिहीबार , जेठ १२ २०७९०६:२१

प्रतिक्रिया दिनुहोस