आइतबार, जेठ ६ गते २०८१    
images
images

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ७ २०७८
images
images
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक-२०७८’ लाई बहुमतले पारित गरेको छ।

images
images

काठमाडौं- राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक-२०७८’ लाई बहुमतले पारित गरेको छ।
 
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
 
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए। 
 
बैठकमा सांसद कोमल वलीले प्रतिनिधिसभाका सभामुखले नेकपा (एमाले)ले कारबाही गरेका सांसदमाथि कारबाही नभएसम्म सभाको कामकारबाही अगाडि बढ्न नसक्ने बताएसँगै एमालेका सांसदले उठेर विरोध जनाएका थिए। राष्ट्रियसभाको अर्को बैठक यही असोज ८ गते बिहान ११ बस्ने तय भएको छ।

images
images
images


प्रकाशित : बिहीबार , असोज ७ २०७८०८:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend