सोमबार, वैशाख ३१ गते २०८१    
images
images

३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

images
बिजनेस न्युज
images
images
३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीबार सात दिन अवधिको रिपो जारी गर्न लागेको हो। 

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीबार सात दिन अवधिको रिपो जारी गर्न लागेको हो। 

images
images
images

बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ। वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। 

images

यसअघि नेराबैंकले गत भदौ १७ गते सात दिन अवधिको २० अर्ब, २४ गते १४ दिनको ३० अर्ब र भदौ ३१ गते २० अर्ब रुपैयाँ रिपोमार्फत रकम उपलब्ध गराएको थियो। तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन्। तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले नियमितरुपमा एसएलएफ सुविधा लिने गरेका छन्। 

images

राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आवमा बुधबारसम्म ४ खर्ब ९ अर्ब ५६ करोड एसएलएफमार्फत उठाएका छन्। बैंक वित्तीय संस्थाले बुधबार मात्र १२ पटकमा २७ अर्ब २४ करोड रुपैयाँ एसएलएफमार्फत उठाएको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ। रासस

images
images

images

प्रकाशित : बिहीबार , असोज ७ २०७८०७:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend