शनिबार, वैशाख ८ गते २०८१    
images
images

२०२१ मा विश्वभर विद्युतीय कारमा २ खर्ब ८० अर्ब डलर लगानी, सरकार र उपभोक्ताको हिस्सा कति?

images
images
२०२१ मा विश्वभर विद्युतीय कारमा २ खर्ब ८० अर्ब डलर लगानी, सरकार र उपभोक्ताको हिस्सा कति?

२०२१ मा विश्वभरका उपभोक्ताले मात्र विद्युतीय कारमा २ खर्ब ५० अमेरिकी डलर लगानी गरेका छन्।

images
images

काठमााडौं- विश्वभर वातावरण प्रदूषण न्यूनीकरण गर्न विद्युतीय सवारीलाई उच्च प्राथमिकता दिने नीति अंगिकार हुँदै गएको छ। त्यही अनुरुप विद्यूतीय सवारीको प्रयोग तथा यो क्षेत्रमा हुने लगानीसमेत उल्लेख्य रुपमा बढ्दै गएको छ। 

images
images
images

विद्युतीय कार उत्पान गर्ने कम्पनीहरू स्थापित भइसकेका र हुने क्रममा छन्, स्टार्टअपहरू आइरहेका छन् भने परम्परागत कार उत्पादनमा ख्याति कमाएका कम्पनीहरूसमेत विद्युतीय कार उत्पादनमा केन्द्रित हुने थालेका छन्। कार उत्पादकका साथै सबैजसो देशका सरकारहरू र उपभोक्ताले विद्युतीय कारमा ठूलो लगानी गरेका छन्। 

images

विद्युतीय लगानीमा सबैभन्दा धेरै लगानी उपभोक्ताको रहेको इन्टरनेसनल इनर्जी एजेन्सी (आईईए)ले गरेको अध्ययनले देखाएको छ। २०२१ मा विश्वभरका उपभोक्ताले मात्र विद्युतीय कारमा २ खर्ब ५० अमेरिकी डलर लगानी गरेका छन्। यो अघिल्ला वर्षहरूको तुलनामा अभुतपूर्व वृद्धि भएको आईईएले जनाएको इकोनोमिक टाइम्सले लेखेको छ। 

images

२०२१ मा विश्वभरका सरकारहरूले विद्युतीय कारमा ३० अर्ब डलरमात्र लगानी गरेका छन्। तगापी यो अघिल्लो वर्षको तुलनामा दोबरभन्दा धेरै हो। सरकारहरूले गरेको यो लगानी प्रत्यक्ष र कर सहुलियतसमेत हो। 

images
images

समग्रमा सरकारहरूले विद्युतीय कारमा गरेको लगानी अहिलेपनि १० प्रतिशतमै सीमित रहेको छ। ५ वर्षअघि सरकारहरूले विद्युतीय कारमा २० प्रतितश लगानी गरेका आईईएले भनेको छ। 

२०२१ मा चीनमा उपभोक्ताहरूले विद्युतीय कारमा करिब ९० अर्ब डलर लगानी गरेका हुन् भने सरकारी लगानी १२ अर्ब डलर पुगेको छ। २०२० को तुलनामा उपाभेक्ता र सरकारी लगानी क्रमशः तेबर र दोबरले बढेको हो। तर चीनमा सरकारले सहुलियतका रुपमा गरेको प्रतिकार लगानी भने २०१६ को तुलनामा निक्कै कम भएको छ। २०१६ मा चीन सरकारले प्रतिकार ५ हजार डलर लगानी गर्दै आएको थियो भने २०२१ मा यो घटेर ३ हजार ७५० डलरमा सीमित भएको आईर्ईएले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। 

यता युरोपमा पनि पछिल्लो २ वर्षमा विद्युतीय कारमा उल्लेख्यमात्रामा लगानी बढेको छ। २०२१ मा युरोपमा विद्युतीय कारका लागि सार्वजनिक लगानी १२ अर्ब ५० करोड डलर पुगेको थियो। जबकी २०१९ मा यो रकम ८ अर्ब डलरमात्र थियो। 

विश्वभर विद्युतीय कारमा सरकारहरूले गर्ने लगानी बढ्दै गएको भने पक्कै छ। २०१९÷०२१ को अवधिमा सरकारहरूले विद्युतीय कारमा ५ देखि ६ हजार डलर सहुलियत दिएका थिए। कोरोना महामारीपछि आएका रहत प्याकेजहरूले विद्युतीय कारको सहुलियतमा वृृद्धि भएको थियो। 

२०२१ मा अमेरिकी सरकार र उपभोक्ताले विद्युतीय कारमा गरेको लगानी बढेपनि त्यो चीन र युरोपको तुलनामा कम नै छ। २०२१ मा अमेरिकी उपभोक्ताको विद्युतीय कारमा गरेको लगानी ३० अर्ब डलर पुगेको छ भने सरकारी लगानी २ अर्ब डलर पुगेको छ। २०२० को तुलनामा ०२१ मा अमेरिकी उपभोक्ता र सरकारले गरेको लगानी क्रमशः तेबर र दोबरले बढेको तथ्यांक छ। 

आईईएका अनुसार विद्युतीय कारको प्रतिकार औषत मूल्य समेत २०२१ मा घटेको छ। २०२० मा प्रति विद्युतीय कार मूल्य २०२१ मा ७ प्रतिशत घटेर ३६ हजार अमेरिकी डलर रहेको छ। यसरी मूल्य कम हुनुको कार प्रविधिको विकासका कारण ब्याट्रीको उत्पादन लागत घट्नु रहेको छ।  

images

प्रकाशित : बुधबार, जेठ ११ २०७९११:२३

प्रतिक्रिया दिनुहोस