बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

१० महिनामा रोजगारीका लागि बाहिरिए ५ लाख ५ हजार युवा, बैशाखमा मात्रै ४५ हजार विदेशिए

images
बुधबार, जेठ ११ २०७९
images
images
१० महिनामा रोजगारीका लागि बाहिरिए ५ लाख ५ हजार युवा, बैशाखमा मात्रै ४५ हजार विदेशिए
images
images

काठमाडौं- कोभिडका कारण ठप्पजस्तै भएको वैदेशिक रोजगारीको क्षेत्र कोभिड अगाडिकै अवस्थामा फर्किएको छ।

images
images

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि बैशाख (१० महिना)मै वैदेशिक रोजगारीका लागि नेपालबाट ५ लाख ५ हजार ४ सय ९० युवाले अन्तिम श्रम स्वीकृत लिँदै रोजगारीका लागि विश्वका विभिन्न देशमा पुगेका छन्।

images
images

जसमा नयाँ कामको लागि संस्थागत तर्फ (म्यानपावर मार्फत) अन्मित श्रम स्वीकृत लिँदै वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या २ लाख ४८ हजार ७ सय ५६ जना रहेका छ।

images
images

यसैगरी विदामा नेपाल आइ पुनः वैदेशिक रोजगारीका लागि विदेश फर्कने युवाको संख्या २ लाख ३० हजार ३ सय १६ रहेको छ।

यसबाहेक २६ हजार ४ सय १८ जना भने व्यक्तिगत नयाँ तथा व्यक्तिगत वैधानीकरण प्रक्रियामार्फत वैदेशिक रोजगारीका लागि विदेश पलालयन भएका छन्।

कुन महिना कति?

विभागका अनुसार बैशाख महिनामा ४५ हजार ४ जना युवा वैदेशक रोजगारीका लागि विश्वका विभिन्न देश पुगेका छन्। यसैगरी चैत महिनामा ५५ हजार ५ सय २३ युवा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न देश पुगका थिए।

यसैगरी फागुनमा ५३ हजार ४ सय ५७, माघमा  ५४ हजार ४ सय ७०, पुसमा ६६ हजार ६ सय २५ र मंसिरमा सबैभन्दा बढी ७४ हजार ३ सय ५४ जना युवा वैदेशिक रोजगारीका लागि विदेश गएका छन्।

यसैगरी कात्तिकमा ५४ हजार ९ सय १८, असोजमा ३९ हजार ६ सय ७१, भदौमा ३६ हजार ४० र साउनमा २५ हजार ४ सय २८ जना युवा वैदेशिक रोजगारीका लागि विदेश पलायन भएका छन्।


प्रकाशित : बुधबार, जेठ ११ २०७९०७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend