बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

चुनावी वर्ष भएकाले सरकारले आर्थिक सुधारमा आँट गर्न सकेन : पूर्वप्रधानमन्त्री भट्टराई

मंगलबार, जेठ १० २०७९
चुनावी वर्ष भएकाले सरकारले आर्थिक सुधारमा आँट गर्न सकेन : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा सकारात्मक भएको बताएका छन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएपछि प्रतिक्रिया दिँदै भट्टराईले सरकारले आर्थिक सुधारमा गर्नुपर्ने जति आँट नगरेको भन्दै भने- 'केही सुधारका कामहरू पनि रहेका छन्। यति सामान्य सुधारले मात्रै पुग्दैन।' 

‘मैले सोहीअनुसार सुझाव दिएको थिएँ, चुनावी वर्ष भएर पनि हुन सक्छ,’ भट्टराईले भने।

यति लामो नीती तथा कार्यक्रम आउनु जरुरी नभएको बताउँदै उनले यो नीति तथा कार्यक्रम १९ बाट २० अंक मात्रै भएकोसमेत बताए।


प्रकाशित : मंगलबार, जेठ १० २०७९१२:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend