आइतबार, जेठ ६ गते २०८१    
images
images

ट्रेड युनियनको आन्दोलनका कारण नेपाल एयरलाइन्समा कर्मचारीले दसैँमा तलब पाउन कठिन 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज ७ २०७८
images
images
ट्रेड युनियनको आन्दोलनका कारण नेपाल एयरलाइन्समा कर्मचारीले दसैँमा तलब पाउन कठिन 

दसैँको मुखमा  तलब बितरण गर्न बजटेसमेत पारित हुन नदिनेगरी गरिएको आन्दोलनबाट अन्य रणनीतिक काम पनि प्रभावित भएको एयरलाइन्सले बताएको छ। 

images
images

काठमाडौं- ट्रेड युनियनको आन्दोलनका कारण नेपाल एयरलाइन्सका कर्मचारीहरूले दसैँमै तलब नपाउने अवस्था आएको छ। 

images
images
images

सरकारले नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लिने निर्णय गरेदेखि आन्दोलनमा उत्रिएका ट्रेड युनियनहरूले महाप्रबन्धकलाई कार्यालय प्रवेशमै रोक लगाएका छन्। 

images

महाप्रबन्धकलाई कार्यालय जानै नदिएको, बोर्ड बैठक बस्न नपाएका कारण नयाँ आर्थिक वर्ष सुरु भएपछि तलब भुक्तानीमा समस्या आएको महाप्रबन्धकको कार्यालय जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

images
images

'बिभिन्न समयमा सरकारले गठन गरेका सुधार कार्यदलले दिएको प्रतिवेदन तथा सुझाबको आधारमा नेपाल सरकारले दिएको निर्देशन बमोजिम निगमको सञ्चालक समितिले तयार गरेको प्रस्तावित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रारम्भिक मस्यौदा लगायतका सरकारले गरेका अन्य निर्णयहरू खारेज गनुपर्ने माग राखेर निगममा कार्यरत बिभिन्न तीनवटा कर्मचारी सङ्गठनहरूले बिना सूचना र प्रक्रिया गत असार १८ गते देखि गरेको आन्दोलनमा कारण निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्वपूर्ण कामहरू ठप्प हनुका साथै निगममा कार्यरत कर्मचारीको तलब बितरण गर्नसमेत कानुनी समस्या आएको छ' विज्ञप्तिमा उल्लेख गरिएको छ। 

images
images

दसैँको मुखमा  तलब बितरण गर्न बजटेसमेत पारित हुन नदिनेगरी गरिएको आन्दोलनबाट अन्य रणनीतिक काम पनि प्रभावित भएको एयरलाइन्सले बताएको छ। 

पोखरा र भैरहवा विमानस्थलमा ग्राउन्ड क्यान्डलिङ सेवा सञ्चालनको अनुमति पाएपनि त्यस सम्बन्धका सबै काम रोकिएको छ। बजेट पारित नहुँदा अन्य प्रशासनिक तथा व्यापारिक काममा बाधा उत्पन्न भएको छ। 

ट्रेड युनियनहरूले विभिन्न माग राखेर आन्दोलन गरेपनि वार्ता तथा छलफलमा आउन आग्रह गर्दा पनि नआएको महाप्रबन्धक डिमप्रकाश पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

सरकारका हरेक निर्देशन र निर्णय पालना गर्नु संस्थाको नेतृत्वमा हुने दायित्व भएको र आफूले त्यहीअनुसार काम गर्ने उनले प्रष्ट पारेका छन्।  

कम्पनी मोडलमा लिएपछि अहिलेभन्दा धेरै काम गर्नुपर्ने, कतिपय कर्मचारीको जागिर जाने भन्दै ट्रेड युनियनहरूले कर्मचारीहरूलाई उचालिरहेका छन्। उनीहरूले महाप्रबन्धक पौडेलको राजिनामा पनि माग गरेका छन्। 
 


प्रकाशित : बिहीबार , असोज ७ २०७८०७:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend