बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बलेफी हाइड्रोपावरको आईपीको सूचीकृत, पहिलो कारोबारमै लगानीकर्ताको कमाइ २८००

मंगलबार, जेठ १० २०७९
बलेफी हाइड्रोपावरको आईपीको सूचीकृत, पहिलो कारोबारमै लगानीकर्ताको कमाइ २८००

काठमाडौं- बलेफी हाइड्रोपावरको आइपीओ नेप्सेमा मंगलबार सूचीकृत भएको छ। बलेफीको कुल १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता सेयर सूचीकृत भएको हो।

सूचीकृत सेयरको कारोबार भने बुधबारदेखि हुनेछ। दोस्रो बजारको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९३.६४ रुपैयाँदेखि २८०.९२ रुपैयाँको ओपनिङ रेञ्ज दिएको छ। जसअनुसार सोहि रेञ्जभित्र रहेर कम्पनीको पहिलो कारोबार आरम्भ हुनेछ। नेप्सेले मंगलबार कम्पनीको कारोबारी चिन्ह पनि तय गरेको छ। नेप्सेले कम्पनीको सिम्बोल बिएचएल निर्धारण गरेको हो।    

कुल सूचीकृत सेयर मध्ये १० प्रतिशत अर्थात् १८ लाख २७ हजार ९७० कित्ता आयोजना प्रभावित बासिन्दालाई कम्पनीले वितरण गरेको थियो। यस्तै, बलेफीको १८ लाख २७ हजार ९७० कित्ता सेयर सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीहरु माझ वितरण भएको हो।

सूचीकृत एक करोड ८२ लाख ७९ हजार ७ सय कित्ता मध्ये ८० प्रतिशत कम्पनीका संस्थापकहरुको अंश छ। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend