आइतबार, जेठ ६ गते २०८१    
images
images

कोरोना महामारी नसकिँदै अर्को सङ्कटको जोखिममा एयरलाइन्स कम्पनीहरू 

images
बिहीबार , असोज ७ २०७८
images
images
कोरोना महामारी नसकिँदै अर्को सङ्कटको जोखिममा एयरलाइन्स कम्पनीहरू 

कोरोनाकालमा संसारभर ठूलो सङ्ख्यामा पाइलटहरूले अवकाश लिएको र नयाँ तालिम तथा प्रशिक्षण पनि उल्लेख्य वृद्धि नभएपछि पाइलट अभावको संकट आउने सरोकारवालाले चेतावनी दिएका छन्। 

images
images

काठमाडौं- कोरोना सुरु भएपछि संसारभर यात्रा अवरुद्ध भयो। यही कारणले सुरुमै प्रभावित हुने व्यवसाय थियो हवाइ उद्योग। ठूलो लगानी तथा तीव्र प्रतिस्पर्धी  हवाइ उद्योगले अन्तिमसम्म समस्या भोगिरहेको छ। 

images
images
images

कोरोनाको प्रभाव न्यून हुँदै जाँदा पनि अन्तिमसम्म प्रभावित भइरहने व्यवसायमा यही पर्छ। कोरोनाकालको नोक्सानीबाट माथि उठ्न नपाउँदै एयरलाइन्सहरू अझै अर्को संटकबाट गुज्रिने संकेत देखिएको छ। 

images

सन्निकट भनिएको त्यो संकट हो पाइलट अभाव।

images
images

कोरोनाकालमा संसारभर ठूलो सङ्ख्यामा पाइलटहरूले अवकाश लिएको र नयाँ तालिम तथा प्रशिक्षण पनि उल्लेख्य वृद्धि नभएपछि पाइलट अभावको संकट आउने सरोकारवालाले चेतावनी दिएका छन्। 

images
images

फिलिपिन्स तथा युएईमा पाइलट तालिम दिइरहेको अल्फा एभिएसन ग्रुपका सिइओ भानु चौधरी पछिल्ला सरकारी नीतिकै कारणले नयाँ पाइलट तालिम अझै लम्बिने बताउँछन्। ट्रेनी पाइलटहरूका लागि पनि अनिवार्य भ्याक्सिन तथा कोरोना मापदण्डमा कडाइ हुँदा तालिम प्रभावित हुने उनको भनाइ छ। 

पाइलट अभावका कारण सन् २०२३ देखि बजारमा आउने नयाँ प्रकारका जहाज डेलिभरी प्रभावित हुने देखिएको छ। 

'संसारभरका एयरलाइन्सहरूले नयाँ जहाज किनिरहेका छन्। आधुनिक जहाजको खरिदलाई उनीहरूले निरन्तरता दिएका छन्। यसले पनि बजारमा थप पाइलटको माग हुन्छ। कम्पनीहरूले हामीलाई आएर भनिरहेका छन् कि - हाम्रो जहाज डेलिभरी मिति यो हो के हामीलाई नयाँ पाइलट तयार पार्न सक्छौँ?' अल्फाको सिइओ चौधरीले ब्लुमबर्गसँगको अन्तर्वार्तामा भनेका छन्।

कोरोनाको प्रभाव न्यून हुँदै गएपछि एयरलाइन्सहरूले उडान संख्या थप गर्दै आएका छन्। यसका लागि उडानदेखि ग्राउन्डसम्मका आवश्यक जनशक्ती संख्या थप गरिरहेका छन्। 

एउटा पाइलट तयार पार्नका लागि १८ देखि २४ महिनाको समय लाग्छ। तर यो बीचमा अवकाशमा गएका पाइलटको पूर्ति गर्नका लागि समस्या हुनसक्ने तालिम  दिने संस्थाहरूले बताउँदै आएका छन्। 

जहाज निर्माता कम्पनी बोइङले यसअघि नै अबको दुई दशकमा संसारभर ६ लाख थप पाइलट आवश्यक हुने  प्रक्षेपण गरेको थियो। त्यो बीचमा ४३ हजार ६ सय जहाज निर्माण गर्ने कम्पनीले लक्ष्य लिएको छ। 

पाइलट तालिम दिने संस्थाहरूले पनि यो अवसर लिनका लागि आफ्नो क्षमता विस्तार गर्ने योजना बनाएका छन्। अल्फ एभिएसन ग्रुपले भारतमा सेवा विस्तार गर्ने घोषणा गरेको छ। 


प्रकाशित : बिहीबार , असोज ७ २०७८०६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend