बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

पुनर्बीमा कम्पनीको बोनस सेयर लगानीकर्ताकाे खातामा आउँदै, तपाईंकाे खातामा कति कित्ता?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ११ २०७९
पुनर्बीमा कम्पनीको बोनस सेयर लगानीकर्ताकाे खातामा आउँदै,  तपाईंकाे खातामा कति कित्ता?

काठमाडौं- नेपाल पुनर्बीमाको लाभांश कम्पनीको सेयरधनीको खातामा बोनस सेयर खातामा आउने भएको छ। यसअघि कम्पनीले सेयरधनीको खातामा नगद लाभांश पठाइसकेको छ। कम्पनीको बोनस सेयर सेयरधनीको खातामा जम्मा गराउन कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृत भएको छ। 

कम्पनीको पछिल्लो समय सेयर मूल्य घटेर ८०० रुपैयाँमा आएको छ। विगतमा २०१० रुपैयाँसम्ममा कारोबार भएको थियो। बोनस आएपछि लगानीकर्ताहरुलाई केही राहत हुने छ। 

कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी २.५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

लगानीकर्ताको १०० कित्ता भएकाहरुको खातामा १७ कित्ता थप हुने छ। बीमा समितिबाट गत असोज ४ गते र अर्थ मन्त्रालयबाट मंसिर २० गते कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको थियो। 


प्रकाशित : बुधबार, जेठ ११ २०७९०१:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend