बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नीति तथा कार्यक्रम आउनुअघि सकारात्मक देखियो सेयर बजार, २२०० को बिन्दुमा टेको लाग्ला?

मंगलबार, जेठ १० २०७९
नीति तथा कार्यक्रम आउनुअघि सकारात्मक देखियो सेयर बजार, २२०० को बिन्दुमा टेको लाग्ला?

काठमाडौं- आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने दिन मंगलबार सेयर बजार सकारात्मक देखिएको छ। उच्च बिन्दुबाट १ हजार अंकले घटेको सेयर बजारमा मंगलबार सुधार देखिएको हो।

विश्लेषकहरुले २२०० बिन्दुमा टेको लागेर बढ्न सक्ने अनुमान गरिरहेका छन्। उच्च अंकबाट सोमबारसम्ममा नेप्से १ हजार अंक घटेर २२०० को बिन्दुमा आइपुगेको थियो। मंगलबार भने दोहोरो अंकले बढेर बजार बन्द भएको छ। 

मंगलबार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेको छ। मंगलबार १ अर्ब ८ करोड रुपैयाँको मात्र कारोबार भएको छ।

मंगलबारको वृद्धिले बजेटको अगाडि सेयर बजार केही सकारात्मक हुने संकेत देखिएको छ। पुँजी बजार सम्बन्धमा बजेटमा सकारात्मक विषय आउने चर्चा चलेका कारण पनि लगानीकर्ता केही उत्साहित भएका छन्। सरकारले पुँजी बजारमा लाग्दै आएको पुँजीगत लाभकर समेत घटाउने तयारी गरेको छ। सोही कारण पनि लगानीकर्ता केही सकारात्मक हुने देखिएको छ। 

चुनाव अगाडि केही अंक बढेको भएपनि चुनावपछि लगातार सेयर बजार ओरालो लागेको थियो। सेयर बजारमा स्थानीय तहको चुनावसँगै बढ्ने अपेक्षा गरिएकोमा घट्दो क्रमले नै निरन्तरता पाएको थियो। सोमबार ३४.२१ अंकले घटेर २२००.८८ बिन्दुमा रोकिएको थियो। सोमबार कारोबार रकम १ अर्ब ३६ करोड रुपैयाँ थियो।

चुनावसँगै लगानीकर्ताको विश्वास फर्कन थाल्ने विश्लेषकहरूले बताइरहँदा अझै विश्वस्त हुने यकिन आधार देखिएको छैन। लगानीकर्ताले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटको पर्खाइमा रहेकोले बजार कतिसम्म घट्छ भन्ने अनुमान अझै लगाउन सकेका छैनन्।

 


प्रकाशित : मंगलबार, जेठ १० २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend