बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नागरिक लगानीकोषका लगानीकर्ताले एकवर्षमै गुमाए प्रतिकित्ता १९३० रुपैयाँ, कहिले फर्किएला लगानी?

मंगलबार, जेठ १० २०७९
नागरिक लगानीकोषका लगानीकर्ताले एकवर्षमै गुमाए प्रतिकित्ता १९३० रुपैयाँ, कहिले फर्किएला लगानी?

काठमाडौं- नागरिक लगानी कोषको सेयर मूल्य एकवर्षयताकै सस्तो भएको छ। जुन मूल्य खरिद गर्नेका लागि अवसर पनि हुन सक्छ।

समग्र नेप्से बजार सुस्ताएको बेला नागरिक लगानीकोषको सेयर मूल्य पनि लगातार घटिरहेको छ। समग्र सेयर बजार खुम्चिँदा कोषको सेयर मूल्य पनि घटिरहेको छ।

cit.PNG

कम्पनीको गतवर्ष ४५६० रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको सेयर मूल्य झन्डै १९३० रुपैयाँले घटेर सोमबार अन्तिम कारोबार २६३० रुपैयाँमा भएको छ।

सोमबारमात्रै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले घटेको छ। १३ हजार ८८५ कित्ता कारोबार भएकोमा खरिदमा भन्दा बिक्रीमा अत्याधिक चाप भएपछि सेयर मूल्य घटेको थियो। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५६ करोड पुगेको छ भने बजार पुँजीकरण ८६ अर्ब रुपैयाँमा झरेको छ। 

कोषले आर्थिक वर्षको पुस मसान्तसम्म १ खर्ब ८३ अर्ब रुपैयाँ लगानी गरेको छ। १ खर्ब ८४ अर्ब ९० करोड निक्षेप मौज्दात रहेको कोषले सुरक्षित र उच्च प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजनामा लगानी गरिरहेको छ। पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भइसकेको छ। कोषका विभिन्न कार्यहरूलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको छ। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९०१:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend