बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड १’ लाई अनुमति, १२ करोड इकाइ जारी हुने

सोमबार, जेठ ९ २०७९
‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड १’ लाई अनुमति, १२ करोड इकाइ जारी हुने

काठमाडौं- नेपाल धितोपत्र बोर्डले ग्लोबल आईएमई बैंकले प्रवर्द्धन गर्न लागेको ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड १’ लाई निस्कासन अनुमति दिएको छ। बोर्ड नयाँ सामूहिक लगानी कोष (म्युचुअल फन्ड) लाई  निस्कासन अनुमति दिएको हो। 

कोषले बन्दमुखी योजना ल्याउन लागेको हो। बन्दमुखी सामूहिक लगानी कोष योजना भनेको निश्चित अवधिपछि एकाइ परिपक्व हुने योजना हो।

निस्कासन अनुमति पाएको फन्डले प्रतिएकाइ १० रुपैयाँ अं‌कित दरका १२ करोड एकाइ जारी गर्ने छ। यसबाट कोषले एक अर्ब २० करोड रुपैयाँ संकलन गरेर एकाइ खरिदकर्ताहरुको उक्त रकम विभिन्न धितोपत्रलगायतका विकल्पहरुमा लगानी गर्नेछ।


प्रकाशित : सोमबार, जेठ ९ २०७९१२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend