बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नबिल बैंकको सीईओमा ढुंगाना नियुक्त

सोमबार, जेठ ९ २०७९
नबिल बैंकको सीईओमा ढुंगाना नियुक्त

काठमाडौं- नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्। ढुंगानालाई असार १७ गतेबाट लागु हुने गरी सीईओ नियुक्त गर्ने नबिल बैंक सञ्चालक समितिको प्रस्ताव शनिबार सम्पन्न बैंकको विशेष साधारणसभाले अनुमोदन गरेको हो।

एनबी बै‌कलाई गाभेपछि दुई बैंकको एकिकृत कारोबार असार ३० देखि गर्ने तयारी गरेको छ। ढुंगाना आउँदो असार १७ गतेबाट लागु हुनेगरी सीईओ नियुक्त भएका हुन्। त्यसको करिब एक साताअघि नबिल बैंकका वर्तमान सीईओ अनिल शाहको कार्यकाल सकिनेछ।

नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ती गरेको नबिलले मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका एनबीका पूर्वसीईओ ढुंगानालाई नबिलको सीईओको जिम्मेवारी दिइएको हो।

उनले कार्यभार सम्हालेको दुई साताभित्र नबिल  र एनबीको एकीकृत कारोबार हुनेछ। नबिल बैंकमा एनबी बैंक गाभिने निर्णय दुवै बैंकले शनिबारको विशेष साधारणसभामा गरेका थिए। 

दुवै बैंकले मर्जर तथा एक्विजिसन भन्दै शनिबार विशेष साधारणसभा बोलाएका थिए। गाभिएपछि नबिल अधिकांश सूचकमा पहिलो बैंक बन्नेछ। मर्जरपछि नबिल बैंकको चुक्तापुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ। 


प्रकाशित : सोमबार, जेठ ९ २०७९१२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend