शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नबिल बैंकको सीईओमा ढुंगाना नियुक्त

images
सोमबार, जेठ ९ २०७९
images
नबिल बैंकको सीईओमा ढुंगाना नियुक्त
images
images

काठमाडौं- नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन्। ढुंगानालाई असार १७ गतेबाट लागु हुने गरी सीईओ नियुक्त गर्ने नबिल बैंक सञ्चालक समितिको प्रस्ताव शनिबार सम्पन्न बैंकको विशेष साधारणसभाले अनुमोदन गरेको हो।

images
images
images

एनबी बै‌कलाई गाभेपछि दुई बैंकको एकिकृत कारोबार असार ३० देखि गर्ने तयारी गरेको छ। ढुंगाना आउँदो असार १७ गतेबाट लागु हुनेगरी सीईओ नियुक्त भएका हुन्। त्यसको करिब एक साताअघि नबिल बैंकका वर्तमान सीईओ अनिल शाहको कार्यकाल सकिनेछ।

images
images

नेपाल बंगलादेश (एनबी) बैंकलाई प्राप्ती गरेको नबिलले मर्जर प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका एनबीका पूर्वसीईओ ढुंगानालाई नबिलको सीईओको जिम्मेवारी दिइएको हो।

images
images

उनले कार्यभार सम्हालेको दुई साताभित्र नबिल  र एनबीको एकीकृत कारोबार हुनेछ। नबिल बैंकमा एनबी बैंक गाभिने निर्णय दुवै बैंकले शनिबारको विशेष साधारणसभामा गरेका थिए। 

दुवै बैंकले मर्जर तथा एक्विजिसन भन्दै शनिबार विशेष साधारणसभा बोलाएका थिए। गाभिएपछि नबिल अधिकांश सूचकमा पहिलो बैंक बन्नेछ। मर्जरपछि नबिल बैंकको चुक्तापुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ। 


प्रकाशित : सोमबार, जेठ ९ २०७९१२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend