बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

रिभर फल्स पावरको आईपीओ बाँडफाँट, साढे दुई लाखले पाए १० कित्ता

सोमबार, जेठ ९ २०७९
रिभर फल्स पावरको आईपीओ बाँडफाँट, साढे दुई लाखले पाए १० कित्ता

काठमाडौं- रिभर फल्स पावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता सेयर बिक्री खुला गरेको हो। 

कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरी सकिएको छ। बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयर भने सार्वजनिक निष्कासनमा आएको हो। 

यो आईपीओमा २ लाख ५३ हजार ८९० जना आवेदकले गोलाप्रथाद्वारा १० कित्ताका दरले सेयर पाएका छन्। आईपीओमा कुल १८ लाख ५ हजार ४४० जना योग्य आवेदक थिए भने ३ हजार ८१९ जना आवेदकले आवेदन रद्द भएको क्यापिटले जनाएको छ। 

३५ करोड ७० लाख रुपैयाँ चुक्तापुँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पुँजी ७० करोड रुपैयाँ पुगेको छ।


प्रकाशित : सोमबार, जेठ ९ २०७९१२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend