शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई एक वर्षसम्म सेवा शुल्कमा सतप्रतिशत छुट दिने प्रस्ताव पारित

जेठ १५ गतेबाट लागु हुने

images
सोमबार, जेठ ९ २०७९
images
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई एक वर्षसम्म सेवा शुल्कमा सतप्रतिशत छुट दिने प्रस्ताव पारित
images
images

काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूले एक वर्षसम्म विमानस्थल सेवा शुल्क २०७८ मा तोकेको शुल्कमा सतप्रतिशत छुट पाउने भएका छन्।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृत भएको हो। प्राधिकरणको प्रस्ताव स्वीकृत भएसँगै अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने एयरलाइन्स कम्पनीहरूले जहाज ल्यान्डिङ, पार्किङ, सञ्चार उपकरण लगायतको  विमानस्थल सेवा शुल्कवापत तिर्नुपर्ने रकममा सतप्रतिशत छुट पाउने छन्।

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणले जेठ २ बाट बुद्ध जयन्तीबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गरेको हो। अहिले विमानस्थलबाट जजिरा एयरले सातामा तीनवटा उडान गरिरहेको छ।

images
images

गौतमबुद्ध  विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमा प्रेरित गर्न एक वर्षसम्म विमानस्थल सेवा शुल्क वापत लाग्ने सबै शुल्कमा छुट दिने निर्णय भएको प्राधिकरणका महानिर्देशक इन्जिनिरयर प्रदीप अधिकारीले बताए।

प्राधिकरणले नयाँ विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार विमानस्थलको प्रचार प्रसार र एयरलाइन्स कम्पनीलाई आकर्षित गर्न विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार लाग्ने सबै शुल्कमा छुट दिने प्रस्ताव गरेको गरेको थियो।

प्रस्ताव पारित भएसँगै अब विमानस्थल सेवा शुल्कअनुसार एयरलाइन्स कम्पनीले उडान गर्न तिर्नु पर्ने रकममा सबै छुट पाउने छन्। यसबाट एयरलाइन्स कप्म्पनीको प्रतिडान ३ लाख रुपैयाँसम्म जोगिने छ। 


प्रकाशित : सोमबार, जेठ ९ २०७९०८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend