बुधबार, कात्तिक १४ गते २०८१    
images
images

भारतको नोयडामा एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज सम्पन्न

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ९ २०७९
images
images
भारतको नोयडामा एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज सम्पन्न
images
images

काठमाडौं-भारतको गुडगाउँमा शुरु भएको साउथ एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साट्टे) सम्पन्न भएको छ। २०७९ जेठ ४ देखि ६ गतेसम्म तदनुसार २०२२ मे १८ देखि २० तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना भएको उक्त कार्यक्रममा नेपाल बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगम सहित विभिन्न २१ ओटा कम्पनी सहभागी रहेका थिए। यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सफल भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

images
images
images

कार्यक्रममा भारतका लागि नेपालका राजदूत डा. शंकर शर्मा तथा नेपाल र भारतकालागि टर्कीका राजदूत फिरात सुनेल सहित करिब ३ हजार भिजिटर्सले नेपाल स्टल अवलोकन गर्नु भएको थियो। 

images

भारत सरकार, पर्यटन मन्त्रालयको सहयोगमा आयोजना भएको दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेला साट्टेमा नेपालको सहभागीताले क्षेत्रीय बजार प्रर्वद्धनमा सहयोग पुग्ने नेपाल  पर्यटन बार्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मीले जानकारी दिए।  
‘नेपालले कोरोना (कोभिड–१९) विरुद्ध  पूर्ण खोप समेत लिएको छ।

images

नेपाल आउन चाहने विदेशी पर्यटक निर्धक्कले आउँदा हुन्छ भन्ने सन्देश दिन समेत मेला फलदायी भएको छ,’ उनले भने। डा. रेग्मीले भारतीय सीमावर्ती शहरबाट नेपालमा पर्यटन भित्र्याउन बोर्डले सीमा पर्यटनमा समेत जोड दिएकोले विस्तारै पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको समेत बताए।

साट्टेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग,बिक्रेता र पर्यटनसँग सम्बन्धित संघ संस्था तथा व्यक्तित्वहरुको सहभागिता रहेकोेले यो प्लेटफर्म नेपालको पर्यटन प्रर्वद्धनमा फलदायी रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए। दक्षिण एशियाकै ठूलो पर्यटन मेला मानिने साट्टेमा ३५ हजार क्रेता तगा अन्य पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरुको सहभागिता रहेको थियो। 

 


प्रकाशित : सोमबार, जेठ ९ २०७९०५:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend