शुक्रबार, चैत १६ गते २०८०    
images
images

इन्धनकाे मूल्यवृद्धिले विद्युतीय स्कुटर र मोटरसाइकलप्रति उपभोक्तामा बढ्दैछ विश्वास (तथ्यांकसहित)

गत आवमा २२६५ वटा आउँदा यो वर्षको ९ महिनामा कति आयाे

images
images
इन्धनकाे मूल्यवृद्धिले  विद्युतीय स्कुटर र मोटरसाइकलप्रति उपभोक्तामा बढ्दैछ विश्वास (तथ्यांकसहित)

नेपालमा हाल उपलब्ध भएका दुईपांग्रे सवारीको मूल्य न्यूनतम १ लाख १० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म छ।

images
images

काठमाडौं- विद्युतीय सवारीको प्रवर्द्धन गर्ने नीति सरकारले अवलम्बन गरेको छ। त्यहीअनुरुप विद्युतीय सवारीमा लाग्ने कर इन्धन सवारीको तुलनामा न्यून रहेको छ। विद्युतीय कारको तुलनामा विद्युतीय मोटरसाइकल तथा स्कुटर धेरै पहिले नेपाली बजारमा भित्रिएपनि अपेक्षाकृत बिक्री बढ्न सकेको थिएन। पेट्राेलिय पदार्थकाे अत्याधिक मूल्यबृद्धिले उपभाेक्तामा विद्युतीय सवारी प्रतिकाे आकर्षण बढ्दाे छ।

images
images
images

नेपाली बजारमा हाल दुई दर्जनभन्दा बढी विद्युतीय स्कुटर तथा मोटरसाइकल उपलब्ध रहेका छन्। पछिल्लो समय शक्तिशाली ब्याट्री तथा रेन्जसमेत बढेकाले विद्युतीय मोटरसाइकल तथा स्कुटरको बिक्री बढ्दै गएको छ। 

images

आर्थिक वर्ष २०७७/७८ मा नेपाली बजारमा विभिन्न मुलुकबाट २ हजार २ सय ६५ वटा विद्युतीय स्कुटर तथा मोटरसाइकल आयात भएको भन्सार विभागको तथ्यांक छ। उक्त स्कुटर तथा मोटरसाइकल २४ करोड रुपैयाँ बराबरको हो भने त्यसबापत सरकारले ५ करोड ८३ लाख रुपैयाँ राजस्व उठाएको थियो। 

images
images

गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा विद्युतीय स्कुटर तथा मोटरसाइकलको आयात धेरै भएको तथ्यांक छ। चालु आवको ९ महिनामा २ हजार ३ सय ९४ वटा विद्युतीय स्कुटर तथा मोटरसाइकल आयात भएको हो। यी स्कुटर तथा मोटरसाइकलको आयात मूल्य २५ करोड १६ लाख रुपैयाँ रहेको छ। त्यस्तै सो स्कुटर तथा मोटरसाइकल आयात हुँदा सरकारले ६ करोड १० लाख रुपैयाँ राजस्व उठाएको हो। 

नेपाली बजारमा चीन तथा भारतसहित अन्य मुलुकबाट समेत विद्युतीय स्कुटर तथा मोटरसाइकल आयात हुँदै आएको छ। नेपाली बजारमा विद्युतीय स्कुटर आयात हुन थालेको एक दशक भइसकेको छ। जुन अनुपातमा विद्युतीय स्कुटरका ब्रान्ड र मोडल भित्रिएका छन्, त्यो अनुपातमा बिक्री भने बढ्न सकेको छैन। पछिल्लो समय भने दुई दर्जनभन्दा बढी ब्रान्ड भित्रिसक्दा बिक्री संख्या पनि बढ्न थालेको व्यावसायीहरूले बताएका छन्। 

विगतमा विद्युतीय मोटरसाइकल तथा स्कुटर बिक्रीमा साना तथा स्टार्टअप व्यावसायीहरू संलग्न थिए। अहिले भने यसतर्फ ठूला व्यावसायिक घरानाले समेत नयाँ नयाँ ब्रान्ड भित्र्याउन थालेका छन्। यसले पनि विद्युतीय स्कुटर तथा मोटरसाइकलको व्यापार बढ्ने अनुमान गर्न थालिएको छ। तथ्यांकले समेत उक्त कुरालाई पुष्टि गर्छ। 

सुरुवाती समयमा विद्युतीय स्कुटर पावर र लुक्सका कारण धेरैको रोजाइमा पर्न सकेको थिएन। समय र प्रविधिको विकाससँगै स्कुटरमा प्रयोग हुने ब्याट्रीको क्षमता बढ्न थाले। साथै विद्युतीय स्कुटर तथा मोटरसाइकल इन्धनबाट चल्नेजस्तै स्टाइलिस र आकर्षक हुन थालेका छन्। 

व्यावसायिक घरानाको प्रवेश

दुईपांग्रे विद्युतीय सवारीमा गिनेचुनेका व्यावसायिक घरानाहरूले विभिन्न ब्रान्ड भित्त्र्याएर प्रवेश गरिसकेका छन्। यो क्रम बढ्दो छ। व्यावसायिक घरानाले प्रत्यक्ष रुपमा आधिकारिक बिक्रेता बनेर नआउँदा पनि नेपाली बजारमा डेढ दर्जनभन्दा बढी विद्युतीय स्कुटर तथा मोटरसाइकल भित्रिइसकेका थिए। 

यद्यपी प्रोडक्टको उत्पादकत्व कम भएर हो वा आधिकारिक बिक्रेता प्रति कम विश्वास भएर हो वा बिक्रेताले आवश्यकता अनुसार ब्रान्ड र प्रोडक्टप्रति विश्वास दिलाउन नसकेर हो, उपभोक्ताहरूले विद्युतीय स्कुटर तथा मोटरसाइकल किन्न जाने अवस्था बनेको थिएन। बिक्रेताहरू आफै ग्राहक खोज्दै हिँड्नु पर्ने अवस्था थियो। 

त्यही कुरालाई व्यवसायिक घराना लक्ष्मी समूहले आत्मसात गरेर दुईपांग्रे विद्युतीय सवारी ल्यायो। लक्ष्मी समूहले भारतीय विद्युतीय दुईपांग्रे सवारी उत्पादक कम्पनी हिरो इलेक्ट्रिकका स्कुटर नेपाल ल्याएको छ। लक्ष्मी समूहपछि औपचारिक रुपमा विद्युतीय स्कुटर ब्रान्ड ल्याउने मुरारका समूह हो। मुरारका समूहले अमेरिकी स्वामित्वमा रहेको चिनियाँ ब्रान्ड नाइटबोटका विद्युतीय स्कुटर ल्याएको हो। यो ब्रान्डको बजार व्यवस्थापनको काम भने ओलीज स्टोरका सञ्चालक लोकेश ओलीले गर्दै आएका छन्। 

त्यसपछि पेट्रोलबाट चल्ने दुईपांग्रेको व्यापारबाट पछि हटेको आईएमई समूहसमेत विद्युतीय दुईपांग्रेको व्यापारमा प्रवेश गरेको हो। आईएमई समूहले भारतीय ब्रान्ड राफ्ट विद्युतीय स्कुटरको आधिकारिक बिक्रेता बनिसकेको छ भने स्कुटरको सोरुम खोजी गरिरहेको छ। 

क्यालिबर समूहले पनि विद्युती दुईपांग्रे ब्रान्ड भित्र्याइसकेको छ। चिनियाँ ब्रान्ड मिकूका मोटरसाइकल तथा स्कुटर क्यालिबर ग्रुप अन्तर्गतको क्यालिबर अटो प्रालिले ल्याएको हो। सोही कम्पनीले यसअघि चिनियाँ ब्रान्ड डोहानका विद्युतीय स्कुटर र तीनपांग्रे सवारी आयात गरेर बिक्री गर्दै आएको थियो। 

त्यस्तै जम्बो ग्रपले पनि लेभनिङ ब्रान्डका विद्युतीय स्कुटर नेपाली बजारमा बिक्री गर्दै आएको छ। जम्बो इको भेहिकल प्रालिले काठमाडौंसहित देभरका जर्दनबढी सहरमा लेभनिङका विद्युतीय स्कुटर उपलब्ध गराउँदै आएको छ। 

विगतमा आएका विद्युतीय स्कुटर तुलनात्मक रुपमा कम रेन्ज दिने खालका थिए। सुरुवाती चरणमा भएकाले विश्वभर विद्युतीय सवारीको विकास र अनुसन्धानमा ठूलो धनराशी खर्च भइरहेको छ। त्यसैले विद्युतीय सवारी जतिपछि आउने छन् ती त्यति नै शक्तिशाली र आकर्षक हुने छन्। 

विगतमा विद्युतीय सवारीप्रति त्यति धेरै सचेतना पनि थिएन। ठूला कम्पनीहरूले विद्युतीय स्कुटर मोटरसाइकल उत्पादनलाई प्राथमिकता पनि दिएका थिएनन्। स्टार्टअपमात्र हुँदा उपभोक्ता त्यति आकर्षित हुन सकेका थिएनन्। अब भने परम्परागत ठूला दुईपांग्रे उत्पादकसमेत विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुन थालेका छन्। स्टार्टअपहरूले आकर्षक डिजाइन र अन्य विशेषताको विकास गरिरहेका छन्। त्यसैले पनि आगामी दिनमा आकर्षक रेन्ज तथा लुक्स भएका विद्युतीय स्कुटर र मोटरसाइकल आउने निश्चितप्रायः छ। 

हाल नेपाली बजारमा उपलब्ध मोटरसाइकल तथा स्कुटरहरूले एक पटकको फुल चार्जमा १ सय किलोमिटरभन्दा बढी नै रेन्ज दिन्छन्। आईएमई समूहले ल्याउने राफ्ट ब्रान्डको स्कुटरले एक पटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिने दाबी गरेको छ। 

सस्तो सञ्चालन खर्च

पेट्रोल प्रयोग हुने सवारी साधनको तुलनामा १५ गुणाभन्दा बढी सस्तो पर्ने विद्युतीय तथा मोटरसाइकलको प्रयोगमा पछिल्लो समय मानिसहरूको रुचि बढ्न थालेको छ। विद्युतीय सवारीको सञ्चालन खर्च प्रतिकिलोमिटर १/२ रुपैयाँ मात्र रहेको छ। त्यस्तै विद्युतीय सवारीको मर्मत तथा अन्य खर्चसमेत न्यून छ। 

विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन प्रयोग गर्नेहरूका लागि सस्तोमा विद्युत उपलब्ध गराउने बताइसकेको छ। यसका लागि ग्राहकले प्राधिकरणबाट छुट्टै मिटर जडान गर्नुपर्ने छ। यो विद्युतीय सवारी प्रयोगकर्ताहरूका लागि फाइदाको कुरा हो। सरकारले लिएको विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने नीतिअनुरुप दिइएको सुविधा हो। 

नेपालमा हाल उपलब्ध भएका दुईपांग्रे सवारीको मूल्य न्यूनतम १ लाख १० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म छ।

उपलब्ध छन् दर्जनौँ ब्रान्ड

सुरुवाती समयमा नेपाली बजारमा बेला, टेरालगायत ब्रान्डका विद्युतीय स्कुटर ब्रान्ड उपलब्ध थिए। बजार विस्तार उत्साहजनक नभए पनि त्यही समय थुप्रै ब्रान्ड नेपाल आएका थिए। सुरुमा नेपाल आएका विद्युतीय स्कुटर त दर्तासमेत नभइ चल्ने गरेका थिए। 

तर पछिल्लो समय आएका सबैजसो ब्रान्ड दर्ता भएरै चल्न थालेका छन्। हाल नेपाली बजारमा प्योर ईभी, एनआईयू, टेल्जी, इभेइ, टेरा, ओरभा, मियामा, डुहान, ओकिनावा, भिमोटो, सुपर सोको, एसएमएस इ-स्कुटर, कोमाकी, रेमोटोजलगायत ब्रान्डका थुप्रै मोडल उपलब्ध छन्। 

त्यस्तै पेट्रोलबाट चल्ने मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको यामाहा, होन्डा, बजाज, टीभीएस, हिरो, सुजुकीलगायत ब्रान्डले समेत भारतमा विद्युतीय स्कुटर सार्वजनिक गरिसकेका र गर्ने क्रममा रहेका छन्। 

images

प्रकाशित : बुधबार, जेठ ११ २०७९०५:०४

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ