आइतबार, असोज ६ गते २०८१    
images
images

गहुँको अभाव भए सरकारले भारतसँग कुटनीतिक पहल गर्छ : उद्योगमन्त्री बडू 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ ८ २०७९
images
images
गहुँको अभाव भए सरकारले भारतसँग कुटनीतिक पहल गर्छ : उद्योगमन्त्री बडू 

भारतले गत साता गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाउँदा भारतले संकटमा परेका मुलुकका सरकारले अनुरोध गरेमा निर्यातका लागि अनुमति दिने उल्लेख गरेको छ। 

images
images

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गहुँको अभाव भएमा सरकार कुटनीतिक पहल गर्न तयार रहेको बताएका छन्। 

images
images
images

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै बडूले गहुँको अभाव भएमा सरकारले भारत सरकारसँग कुटनीतिक पहल गर्ने बताएका हुन्। 

'भारतको प्रतिबन्धका कारणले नेपालको खाद्य सुरक्षा प्रभावित हुने अवस्था आयो भने सरकारले कुटनीतिक पहल गरेर सहज बनाउँछ' उनले भने। 

भारतले गत साता गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध लगाउँदा भारतले संकटमा परेका मुलुकका सरकारले अनुरोध गरेमा निर्यातका लागि अनुमति दिने उल्लेख गरेको छ। 

images

पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै गुनासो आइरहेका बेला बडूले भने आयल निगम गम्भीर आर्थिक संटकमा परेको बताएका छन्। निगमले निरन्तर घटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नोक्सानीमा गएको र भुक्तानीका लागि सरकारले सहयोग गर्नुपर्ने अवस्था आएको बताएका छन्। 

 


प्रकाशित : आइतबार, जेठ ८ २०७९१३:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend