शनिबार, वैशाख ८ गते २०८१    
images
images
बजेट २०७९/०८०

पूर्वाधार विकास सरकार एक्लैबाट सम्भव छैन, निजी क्षेत्रलाई पनि जोड्नु पर्छ : भवानी राणा

पर्यटन र फिल्म सुटिङ नै डलर आम्दानीको मुख्य स्राेत हाे

images
images
पूर्वाधार विकास सरकार एक्लैबाट सम्भव छैन, निजी क्षेत्रलाई पनि जोड्नु पर्छ : भवानी राणा
images
images

काठमाडौं- अहिले अर्थतन्त्रमा सबैभन्दा असहज अवस्था देखिन थालेको छ। बजारमा पुँजी अभाव भएको छ। जसको असर उद्योग व्यवसायमा प्रत्यक्ष देखिएको छ। कोभिडबाट शिथिल भएको उद्योग व्यवसायमा अहिले पुन: पुँजीको अभाव भएको छ।

images
images
images

सरकार अहिले बजेटमा तयारी गर्दै गर्दा देशमा भएका उद्योग व्यवसायलाई जीवित राख्नेगरी बजेट ल्याउनु पर्छ। सरकार यो विषयमा गम्भीर हुन आवश्यक पनि छ। 

images

देशको अर्थतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ। देशमा कसरी पुँजीको विस्तार गर्न सकिन्छ। पुँजी अभाव हुन नदिन के गर्नुपर्छ? कसरी विकासका ठूला ठूला परियोजनाको काम अगाडि बढाउन सकिन्छ।

images

यस्ता विषय बजेट बनाउँदै गर्दा राज्यले गम्भीर भएर सोच्नु पर्छ। अर्को हामीसँग भएको सम्भावित स्रोतको पहिचान गरी सही तवरबाट सदुपयोग गर्ने नीति लिनु पर्छ। स्रोतलाई  पुँजीमा रुपान्तरण गर्ने गरी काम गर्नु पर्छ। यसको थालनी गरिहाल्नु पर्छ। त्यसमा जति ढिला हुन्छ देशको विकासमा पनि त्यति नै ढिला हुने हो।

images
images

सबैभन्दा महत्वपूर्ण काम भनेको पूर्वाधार विकास हो। पूर्वाधार विकासमा सरकारको लगानीले मात्रै सबैथोक सम्भव छैन। सरकारले सडक लगायतका सबै खालको पूर्वाधार विकासमा निजी क्षेत्रलाई पनि जोड्न सक्नु पर्छ। अनिमात्रै हामीले सोचको जस्तो पूर्वाधार विकास सम्भव हुन्छ।

हाम्रो छिमेकी राष्ट्र भारतमा पनि पूर्वाधार विकासमा सरकार र निजी क्षेत्रको सहकार्य छ। जसबाट पूर्वाधार विकासमा ठूलो फड्को मार्न भारत सफल भएको छ। सडक, रेल मार्ग, ऊर्जा लगायतका क्षेत्रमा सरकारले पीपीपी मोडलमा निजी क्षेत्रलाई जोड्नु पर्छ। यसबाट मात्रै ठूलो भोलुममा पूर्वाधारको विकास गर्न सकिन्छ।

ऊर्जाको क्षेत्रमा पनि इतिहासमै पहिलो पटक विद्युत प्राधिकरण र भारतीय कम्पनीबीच अरुण ३ को कामका लागि सम्झौता भएको छ। यो एउटा ऐतिहासिक काम हो। यस्तै ठूला ठूला परियोजनामा निजी क्षेत्रलाई सहभागी गराउनु पर्छ। ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई सहभागी गराउने हो भने सोचेभन्दा छिटो धेरै बिजुली उत्पादन गर्न सकिन्छ।

विद्युतको खपत बढाएर व्यावसायिक लागत घटाउन सकिन्छ। पूर्वाधार विकासमा बजेटले यस्ता विषयलाई सम्बोधन गर्न सक्नु पर्छ।

अर्को विषय कृषि हो। नेपाललाई सधैँ कृषिप्रधान देश भनिन्छ। तर हाम्रो कृषि जीवन निर्वाहमुखी छ।

यसलाई व्यवसायीकरण गर्न सक्नु पर्छ। व्यवसायिक कृषिका लागि जग्गको हदबन्दी हटाउनु पर्छ। तर कृषि... कृषि भनेपनि विगतमा दिनमा कुनै प्राथमिता दिइएको छैन। कृषिमा जति भन्न सहज छ काम गर्न भने केही गाह्रो छ। कृषिको अनुदान पनि कम भएको छ। कृषिमा अनुदान चाहिन्छ। तर उत्पादनमुखी अनुदानमा केन्द्रित हुनु पर्छ। कृषिमा पनि भ्यालुएड उद्योगतिर जानु पर्छ।

नयाँ नयाँ उत्पादनमा कसरी भ्यालुएड हुन सक्छ त्यसमा सोच्नु पर्छ। अर्को विषय कृषिमा विदेशी लगानी तथा प्रविधि आवश्यक छ। तर अहिले विरोध बढी भरहेको छ। जबसम्म कृषिमा ठूला ठूला विदेशी लगानी भित्र्याउन सकिँदैन तबसम्म हामी कृषिमा जति गफ गरेपनि व्यवसायीकरणको बाटोतर्फ जान सक्दैनौँ। कृषि उत्पादनलाई बढाएर नै आयात प्रतिस्थापन गर्ने हो।

नेपालमै कृषि उत्पादन नबढ्दै आयातित कृषिमा भ्याट जोडियो भने उपभोक्ता मर्कामा पर्न सक्छन्। सबैभन्दा पहिलो नेपालमै कृषि उत्पादन बढाउने  हो। अनिमात्रै भ्याटमा जानु पर्छ। क्रसबोर्ड क्षेत्रमा उद्योग स्थापना गरी उत्पादन निकासी गर्न सकिन्छ। जसरी हुन्छ प्रयोगमा नआएको कृषियोग्य भूमिलाई प्रयोगमा ल्याउने नीति लिनु पर्छ। यसका लागि नीतिगत सुधार नै आवश्यक छ।

कतिपय भएका नीति पनि कार्यान्वयनमा आउन सकेको छैन। यसअघि बजेटमा व्यवस्था गरी कति कार्यान्वयन भयो, कति भएन? कार्यान्वयन नभएको विषयलाई कार्यान्वयनमा लैजानु पर्छ। नेपालमै उत्पादन हुने कृषि उत्पादनमा भ्यालु एड गर्नु पर्छ। यहाँ त बहुराष्ट्रिय कम्पनी नेपाल आउँछु उत्पादन गरेर बिक्री गर्छु भन्दा पनि विरोध भइरहेको छ। यस्तो विरोध हुन नदिने गरी नीतिगत रुपमा काम गर्नु पर्छ। विदेशी लगानी र प्रविधि आउँदा रोजगारी पनि बढ्ने र उत्पादन पनि बढ्छ। नयाँ सिप सिक्ने अवसर पाइन्छ। 

उनीहरूले जोयन्ट भेन्चरमै काम गर्ने हो। उत्पादन बाहिर निकासी हुन्छ। तर नेपालकै बैंकबाट ऋण लिने होइन रकम नै विदेशबाट ल्याउनु पर्छ। 

बजेटले अर्को विशेष महत्वका साथ सम्बोधन गर्नुपर्ने क्षेत्र पर्यटन हो। पर्यटन नै डलर कमाउने क्षेत्र हो। पर्यटनको विकास भएको अवस्थामा देशको अर्थतन्त्र बलियो हुन्छ। रोजगारीको अवसर पनि बढ्छ।

पर्यटन विकासका लागि सबैभन्दा पहिले हवाईदेखि सडकलाई एउटा गन्तव्यदेखि अर्को गन्तव्य र एउटा शहरदेखि अर्को शहरसँग जोड्नु पर्छ। जस्तै अहिले काठमाडौंबाट मात्रै हुँदै आएको उडान पोखराबाट पनि हरेक शहरमा सुरु भएको छ। अब यसलाई सबै प्रदेशबाट सबै प्रदेशसँग जोड्न सक्नु पर्छ। अर्को सबै शहरबाट क्रस बोर्डर उडान हुनु पर्छ। उदाहरणका लागि दिल्लीदेखि विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी पनि उडान हुनु पर्छ। यसले नै पर्यटन विकासमा सहयोग गर्ने हो।

अर्को विषय गौतम बुद्ध जयन्तीमा लुम्बिनी भम्रणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटन सर्किटको विषय उठाएका छन्। यो विषयलाई प्रमुख प्राथमितामा राखेर काम गर्नु पर्छ।

यसैगरी फिल्म उद्योगलाई पनि प्रमोसन गर्नुपर्ने छ। नेपालको सुटिङ गन्तव्यलाई विकास गर्नुपर्छ। सुटिङ गन्तव्यको विकास गर्ने हो भने नेपालले राम्रो डलर आम्दानी पनि गर्न सक्छ। सुटिङका सामान ल्याउँदा समस्या छ। यस्तो समस्या समाधान गर्नुपर्छ।

पर्यटन काजबिदा पनि कार्यान्वयन गर्नु पर्छ। ग्रामीण क्षेत्रमा पर्यटन विकासका लागि काम गर्नेका लागि सहुलियत दिनुपर्छ। कानूनमा रहेको फरक फरक व्यवस्थामा पनि एकद्वार हुनुपर्छ। सम्रगमा उत्पादनमूलक उद्योगको विकासमा बजेट केन्द्रित हुनुपर्छ।

(लेखक राणा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष हुन्।)

images

प्रकाशित : सोमबार, जेठ ९ २०७९०४:२०

प्रतिक्रिया दिनुहोस