बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

एक वर्षमै दुई अर्ब डलर गुमाउनु राम्रो होइन, त्यसको पूर्ति कठिन हुन्छ : गभर्नर अधिकारी

'भदौयता बजारमा ७० खर्ब पठाइसक्यौँ'

आइतबार, जेठ ८ २०७९
एक वर्षमै दुई अर्ब डलर गुमाउनु राम्रो होइन, त्यसको पूर्ति कठिन हुन्छ : गभर्नर अधिकारी

विश्वभर उत्पादनको तुलनामा उपभोग बढिरहेको र यो ग्यापको असर सबैतिर परेको उनले बताए।

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षकै अवधिमा दुई अर्ब डलर गुमाउनु परेको भन्दै त्‍यसको क्षतिपूर्ति कठिन हुने बताएका छन्। 

'एक वर्षमै दुई अर्ब डलर गुमाउनु भनेको राम्रो होइन। हामीले यो क्षतिपूर्ति गर्न कठिन हुन्छ,'  उनले भने। कोभिडकालमा उद्यमशीलता जोगाएर व्यापारमा रिभाइव भयो त्यो त्यही बेलादेखिको आवश्यकताले रहेको उनको भनाइ छ।

'बिग्रेको केही छैन। सचेत हुनुपर्ने हो। बजारलाई तरल बनाउने हो। भदौदेखि अहिलेरम्म ७० खर्ब बजारमा पठाएका छौँ। जुन पैसा बैंकहरूले चलाइरहेका छन्,' उनले भने।

विश्वभर उत्पादनको तुलनामा उपभोग बढिरहेको र यो ग्यापको असर सबैतिर परेको उनले बताए। 'संसारका कयौं देशमा मुद्रास्फ्रिति आकाशिएको छ। नेपालमा पनि हामीले नियन्त्रणमै राख्ने प्रयास गरिरहेको छौँ' गभर्नर अधिकारीले बताए।

तर आयातमा आधारित अर्थतन्त्र भएकाले आयातसँगै मूल्यवृद्धि भएको उनको भनाइ छ। आयातित र आन्तरिक मूल्यवृद्धिको अन्तरको अध्ययन भइरहेको उनले बताए। मूल्यको असर आयातमा धेरै देखिएको उनको भनाइ छ।  

इन्धनको आयात वर्षभर भएको आयातभन्दा यो नौ महिनामै बढी भएको उनले बताए। यसको असर उपभोक्तामा परेको उनको भनाइ छ।

'अनिच्छुक उपभोग धेरै भएको छ। त्यसैले गर्दा पोलिसी रेटमा हामीले बढाउन खोजेका हौँ। केही समयका लागि उद्योगी व्यापारीलाई केही असर गर्ला तर देशलाई भने खासै हानी गर्ने देखिँदैन'  उनले भने।

उनले आन्तरिक कर्जा विस्तारले तरलतामा असर नगर्ने र यहाँको यहीँभित्र परिचालन हुने अधिकारीको भनाइ छ।

'समस्या बाहिर जानेमा हो। तरलता बाहिर गइदियो। जुनदिनसम्म हामी शोनान्तर घाटामा रहन्छौँ त्यसबेलासम्म समस्या आउँछ'  उनले भने।

समस्याको समाधान एक्लैले सुल्झाउने नभइ सबैको साथ चाहिने अधिकारीले बताए। भोलि अप्ठेरो आउनुभन्दा पहिल्यै सचेत हुनुपर्ने अधिकारीको भनाइ छ। साउनदेखि पुससम्मको ग्राफ जसरी बढेको थियो, त्यसपछि भने घटेर आएको उनको भनाइ छ।


प्रकाशित : आइतबार, जेठ ८ २०७९१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend