बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सेयर लगानीकर्तालाई अर्को भार थोपर्दै सरकार, अब टीएमएस खाताको समेत शुल्क तिर्नुपर्ने

आइतबार, जेठ ८ २०७९
सेयर लगानीकर्तालाई अर्को भार थोपर्दै सरकार, अब टीएमएस खाताको समेत शुल्क तिर्नुपर्ने

काठमाडौं- सेयर लगानीकर्तालाई कस्दै आएको सरकारले पुनः अर्को भार थप्ने भएको छ। लगानीकर्ताले अब अनलाइन कारोबार ब्यवस्थापन प्रणाली (टीएमइस) चलाएवापत पनि शुल्क तिर्नुपर्ने भएको छ।

लगानीकर्ताले अहिले डिम्याट शुल्क, मेरो सेयर शुल्क, सीआश्वा शुल्क तिर्दै आएका छन्। अहिलेसम्म टीएमएस निशुल्क प्रयोग गर्दै आएका लगानीकर्ताले अब शुल्क तिर्नुपर्ने व्यवस्था गर्न लागिएको छ। जसको शुल्क ब्रोकर कम्पनीहरूले लगानीकर्तालाई तिराउनेछन्। वार्षिक शुल्कको रुपमा उक्त पैसा लिनका लागि सरकारले बाटो खुलाइदिएको हो। कारोबारगरे वापतको कमिसन पनि लिँदै आएका ब्रोकरहरूले अब झन्डै २५ लाख लगानीकर्तासँग टीएमएस शुल्क उठाउनेछन्।  

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार संचालन विनियमावली २०७५ लाई तेस्रो पटक संशोधन गर्दै धितोपत्र कारोबार संचालन, तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत गरिसकेको छ। उक्त संशोधित विनियमावलीमा टीएमएस सेवा दिएवापत ब्रोकरले लगानीकर्तासँग वार्षिक अधिकतम १०० रुपैयाँ सेवा शुल्क लिन सक्ने ब्यवस्था गरिएको छ।

संशोधित विनियमावलीमा कारोबार सदस्यले कारोबार व्यवस्थापन प्रणालीमार्फत ग्राहकलाई अनलाइन सेवा प्रदान गरेवापत प्रत्येक ग्राहकबाट वार्षिक बढीमा एक सय रुपैयाँको दरले सेवा शुल्क लिन सक्नेछ। 

संशोधित नियमावलीमा ब्रोकरले आफ्नै टीएमएस बनाएर सेवा दिन सक्ने ब्यवस्था गरिएको छ। १ दिनमा कम्तिमा ५ लाख वटा कारोबार ब्यबस्थापन गर्न सक्ने टीएमएस निर्माण गर्नु पर्ने उल्लेख छ।

एक वर्षमै डिम्याट खाता खोल्नेको संख्या तीन गुणाले बढेको छ। २०७७ साल चैत अन्तिमसम्ममा डिम्याट खाता खोल्नेको संख्या १७ लाख रहेको थियो। सीडीएससीका अनुसार २०७८ साल चैत अन्तिमसम्म आइपुुग्दा डिम्याट खाता खोल्ने संख्या ५१ लाखभन्दा बढी रहेको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमणको दर उच्च रहेकाले र अन्य लगानीको क्षेत्र पनिमा संकुचन बन्दै गएको अवस्थामा सेयर खाता खोल्नेको संख्या बढेको हो।

त्यस्तै मेरो सेयरको खाता खोल्नेको संख्या यस अघि ७ लाखबाट एक वर्षमै ४२ लाख ३५ हजार पुगेको छ। त्यस्तै सीडीएससीले दिएको जानकारी अनुसार ५१ वटा रजिस्टर्ड कम्पनी रहेका छन् भने ५५ वटा वित्तीय संस्थाहरूले सीआस्वाबाट साधारण सेयर र दोस्रो बजार सेयर कारोबार हुँदै आएको छ।

दोस्रो बजार अनलाइन कारोबार गर्ने यस अघि ६ लाख रहेकोमा हाल आइपुग्दा डिम्याट खाता दोस्रो बजारमा लागि ‘युजर आईडी’ लिनेको संख्या करिब २० लाख बढी पुगेको छ। पछिल्लो समय तीन किसिमका लगानीकर्ताहरू छन्। सीडीएससीका अनुसार आईपीओ भर्नेको संख्या एउटै कम्पनीबाट २६ लाखसम्मको आवेदन पर्ने गरेको छ।


प्रकाशित : आइतबार, जेठ ८ २०७९०५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend