शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नबिल र एनबी औपचारिक रुपमै गाभिए, पुँजीमा दोस्रो सूचकमा पहिलो बन्यो नबिल बैंक

images
शनिबार, जेठ ७ २०७९
images
नबिल र एनबी औपचारिक रुपमै गाभिए, पुँजीमा दोस्रो सूचकमा पहिलो बन्यो नबिल बैंक
images
images

काठमाडौ- नबिल बैंकमा एनबी बैंक गाभिने निर्णय दुवै बैंकले शनिबारको विशेष साधारणसभामा गरेका छन्। योसँगै अब दुई बैंकले केही सातामै एकीकृत कारोबार गर्ने छन्।

images
images
images

दुवै बैंकले मर्जर तथा एक्विजिसन भन्दै आज (शनिबार) विशेष साधारणसभा बोलाएका थिए। दुवै बैंकको विशेष साधारणसभाले गाभ्ने तथा गाभिन स्वीकृति प्रदान गरेसँगै अब एनबी बैंक नबिलमा गाभिने प्रक्रिया अगाडि बढ्नेछ।

images
images

गाभिएपछि नबिल अधिकांश सूचकमा पहिलो बैंक बन्नेछ। मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ। अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ।

images
images

बैंकले १००ः४३ को भागमा गाभ्ने निर्णय भएको हो। यी बैंक मर्ज भएपनि यसअघि मर्ज भएको ग्लोबल आइएमई बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ। नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ।


प्रकाशित : शनिबार, जेठ ७ २०७९१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend