बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नबिल र एनबी औपचारिक रुपमै गाभिए, पुँजीमा दोस्रो सूचकमा पहिलो बन्यो नबिल बैंक

शनिबार, जेठ ७ २०७९
नबिल र एनबी औपचारिक रुपमै गाभिए, पुँजीमा दोस्रो सूचकमा पहिलो बन्यो नबिल बैंक

काठमाडौ- नबिल बैंकमा एनबी बैंक गाभिने निर्णय दुवै बैंकले शनिबारको विशेष साधारणसभामा गरेका छन्। योसँगै अब दुई बैंकले केही सातामै एकीकृत कारोबार गर्ने छन्।

दुवै बैंकले मर्जर तथा एक्विजिसन भन्दै आज (शनिबार) विशेष साधारणसभा बोलाएका थिए। दुवै बैंकको विशेष साधारणसभाले गाभ्ने तथा गाभिन स्वीकृति प्रदान गरेसँगै अब एनबी बैंक नबिलमा गाभिने प्रक्रिया अगाडि बढ्नेछ।

गाभिएपछि नबिल अधिकांश सूचकमा पहिलो बैंक बन्नेछ। मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ। अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ।

बैंकले १००ः४३ को भागमा गाभ्ने निर्णय भएको हो। यी बैंक मर्ज भएपनि यसअघि मर्ज भएको ग्लोबल आइएमई बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ। नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ।


प्रकाशित : शनिबार, जेठ ७ २०७९१२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend