आइतबार, जेठ ६ गते २०८१    
images
images

विदेशी विनिमय अभावसँगै मूल्यवृद्धिको दबाबमा अर्थतन्त्र 

images
आइतबार, जेठ ८ २०७९
images
images
विदेशी विनिमय अभावसँगै मूल्यवृद्धिको दबाबमा अर्थतन्त्र 

चर्को मूल्यवृद्धि अनुसारको भेरियसनको माग गर्दै उनीहरुले आन्दोलन गरेका थिए। चुनावको पूर्वसन्ध्या भएकाले उनीहरुको आन्दोलन निरन्तर त भएन तर रोकिएका निर्माणका काम भने अझै सुरु गरेका छैनन्। 

images
images

काठमाडौं- राजनीतिक तथा सामाजिक विषयबाहेकका मुद्दालाई लिएर आन्दोलन नहुने नेपालमा गएको महिना एउटा नयाँलाग्ने आन्दोलन भयो।

images
images
images

राजनीतिक तथा समाजिक विषयबाहेक आर्थिक मुद्दालाई लिएर खासै आन्दोलन हुँदैन। त्यसमाथि पनि मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलन नै घोषणा गरेर विरोध प्रदर्शनको घटना नेपालमा दुर्लभ हो। 

images

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा यस्तै आन्दोलन भयो। तर यो जनस्तरबाट वा मूल्यवृद्धिको मारमा परेका सर्वसाधारणले गरेका भने होइनन्। व्यवसायीहरूको एउटा संस्थाले यस्तो आन्दोलन सुरु गरेको थियो। 

images
images

नेपालमा निर्माण व्यवसाय गर्ने व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले चर्को मूल्यवृद्धिको विरोध गर्दै ‘निर्माण होलिडे’ नै घोषणा गरेर विरोधमा उत्रियो। ठेक्का सम्झौता हुँदा र सम्झौतामा कल्पना गरिएको भन्दा धेरै मूल्यवृद्धि भएको र यसका कारणले गर्दा व्यवसायी सबै घाटामा जाने भन्दै उनीहरूले आन्दोलन गरेका थिए। 

images
images

चर्को मूल्यवृद्धि अनुसारको भेरियसनको माग गर्दै उनीहरूले आन्दोलन गरेका थिए। चुनावको पूर्वसन्ध्या भएकाले उनीहरूको आन्दोलन निरन्तर त भएन तर रोकिएका निर्माणका काम भने अझै सुरु गरेका छैनन्। 

एक त व्यवसायीहरू त्यसै प्रभावशाली हुन्छन्। उनीहरूको पहुँच सत्तासम्म हुन्छ। उनीहरूको आवाज पनि सुनिन्छ। त्यसमाथि संगठित भए र उनीहरूले मूल्यवृद्धिका कारणले आफूलाई परेको असरका बारेमा आवाज उठाए। तर संगठित हुननसक्ने तर सबैभन्दा धेरै मारमा परेका सबैभन्दा न्यून आयका जनता कति प्रभावित भएका होलान्? 

‘अहिलेको मूल्यवृद्धिबाट सबैभन्दा पहिला र धेरै मारमा पर्ने भनेको समाजको तल्लो आयवर्ग हो। त्यही वर्ग सबैभन्दा बढी पीडित हुन्छ’ नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक नरवहादुर थापा भन्छन्। 

व्यवसायी नै सडकमा आउनुपर्ने अवस्था भनेको भित्रभित्रै बिकराल भएको र न्यून आय वर्गको समुदाय धेरे प्रभावित भएको हुनसक्ने उनको भनाइ छ। मूल्यवृद्धिलाई अंकभन्दा पर जीवन र समाजमा खोज्नुपर्ने थापको जोड छ। 

मूल्यवृद्धि अहिले नै अचाक्ली भएको र यसले गर्दा जनजीवन तथा अर्थतन्त्र नै प्रभावित हुनसक्ने विभिन्न प्रक्षेपण भएका छन्। विश्वव्यापी मूल्यवृद्धिको चपेटामा परेको समयमा नेपाली अर्थतन्त्र पनि स्वभाविक रुपमा प्रभावित हुने छ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच वर्षकै उच्च वृद्धिदर कायम भएको छ। चैत महिनामा गत वर्षको चैतको तुलनामा ७.२८ प्रतिशतले मूल्यवृद्धि भएको छ। यो वृद्धिदर गएको पाँच वर्षकै उच्च हो। यसअघि २०७३ को भदौमा ७.९ प्रतिशत मूल्यवृद्धि कायम भएको थियो। 

चैतको मूल्यवृद्धिको आँकडा आफैमा डरलाग्दो भने होइन। विकासोन्मुख अर्थतन्त्रमा ७.२८ प्रतिशतको मूल्यवृद्धिलाई धेरै उच्च अंक मान्न नहुने अधिकारीहरू बताउछन्। तर वृद्धिदरको ट्रेन्ड बढ्दै गए जोखिम हुनसक्ने उनीहरूको भनाइ छ। 

साउनमा ४.३५ प्रतिशत मूल्यवृद्धि रहेकोमा कात्तिकदेखि बढ्न थालेको थियो। कात्तिकमा पाँच प्रतिशत पार गरेको मूल्यवृद्धि फागुनदेखि भने लगातार ७ प्रतिशतमाथि रहेको छ। 

अहिलेको मूल्यवृद्धिलको ट्रेन्ड आन्तरिक कारणले भन्दा बाह्य कारणले धेरै आएको धेरैको मत छ। कोरोना महामारीबाट उत्थान नहुँदै संसारका कयौं मुलुकमा मूल्यवृद्धिको दबाब देखिन थालेको थियो। यस्तो समस्या नेपालमा मात्र होइन छिमेकी मुलुक भारतमै गएको आठ वर्ष यताकै उच्च मूल्यवृद्धि भएको छ।

रसियन आक्रमणअघि पनि विश्व अर्थतन्त्र कोरोना महामारीबाट पूर्ण पुनरुत्थान भएको थिएन। कयौं देशमा मुद्रास्फ्रिति उकालो लागेको थियो। माग र आपूर्तिको असन्तुलन, महामारी कालको खुकुलो मौद्रिक नीति कारणले मूल्य उकालो लागिरहेको थियो। रसियाले युक्रेनमा आक्रमण गरेपछि भने मूल्यवृद्धिको दबाब लगभग सबैतिर देखियो। 

यस्ता अन्तर्राष्ट्रिय चेनबाट नेपाल पनि अछुतो नहुने भएकाले यहाँ पनि दबाब देखिने थापाको भनाइ छ। 

‘स्वभाविक रुपमा अर्थतन्त्रमा मूल्यवृद्धिको दबाब देखिन्छ। अवस्था र अंकले पनि त्यही बोलिरहेको छ’ थापाले भने। 

नेपाली अर्थतन्त्र अहिले विदेशी मुद्राको अभावको मारमा परिरहेको छ। देशमा विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै सरकारले दुई सयबढी वस्तुको आयातमा रोक लगाइरहेको छ। 

यसरी आयात प्रतिबन्ध लगाउँदा झनै मूल्यवृद्धिको चाप बढ्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको ठहर छ। गएको महिना नेपाल आएको कोषको एउटा प्रतिनिधि मण्डलले  आयात प्रतिबन्धको खराब असरका रुपमा मूल्यवृद्धि देखिनसक्ने निष्कर्ष निकालेको थियो। 

कोषले सकेसम्म मौद्रिक नीतिलाई अझै कडा बनाएर अवस्थालाई सामान्य बनाउन सकिने उपायामा जान सरकारलाई सुझाव दिएको छ। मूल्यवृद्धि बढ्नसक्ने थुप्रै सम्भावना भएको र यसका नकारात्मक असर पनि धेरै भएकोमा सरकारी अधिकारीहरू पनि सचेत छन्। 

तत्कालका लागि विदेशी विनिमय सञ्चितिको घट्दो भण्डार नै सबैभन्दा ठूलो समस्या देखिएपनि अन्तत: मूल्यवृद्धिको जोखिम पनि उदाउँदोक्रममा रहेको नेपाल राष्ट्र बैंकका निर्देशक प्रकाश श्रेष्ठको भनाइ छ। 

‘अहिलेकै वृद्धिदर धेरै होइन। तर बढ्दै गयो भने यसका असरहरू देखिन थाल्छन्। धेरै खराब अवस्थामा पुग्ने सम्भावना त छैन तर पनि हामीलाई असर गर्न पर्याप्त हुने वेभ आउनसक्छ’ उनले भने। 

नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय स्थिरता प्रतिवेदनमा नेपालको मूल्यवृद्धि आन्तरिकभन्दा पनि बाह्य कारणले भएको उल्लेख गरिएको छ। कोरोना महामारिबाट तंग्रिँदै गएको अर्थतन्त्रमा बढेको आन्तरिक माग तथा अन्तर्राष्ट्रिय बजारमै बढेको पेट्रोलियम पदार्थको मूल्यका कारणले मूल्यवृद्धिको चुनौति थपिएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ। 

पेट्रोलियम पदार्थको मूल्य गत वर्षको तुलनामा यो वर्ष ६५ प्रतिशतसम्मले बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार गत वर्षको तुलनामा यो वर्ष डिजेलको मूल्य ६५ प्रतिशतले बढेको छ। नौ महिनाको औषत प्रतियुनिट आयात मूल्य गत वर्षको तुलनामा ६५ प्रतिशत बढेको हो। पेट्रोलियम पदार्थ बाहेक धेरै आयात हुने २० वस्तुको मूल्य न्यूनतम २० प्रतिशत बढेको छ। 

बाह्य मूल्यवृद्धिका कारणले गर्दा पनि विदेशी मुद्राको सञ्चितिमा दबाब परेको छ। बजारमा माग बढेका कारणले वस्तुको परिणाम नै बढी आयात भएकोभन्दा पनि मूल्य बढेका कारणले गर्दा विदेशी मुद्रा बाहिरिएको छ। 

शोधनान्तर घटा बढाउनमा भुमिका खेलेको अन्तर्राष्ट्रिय मूल्यवृद्धि पछिल्लो समय झन् बढ्दै गएको छ। यसले जनजीवनमै असर पार्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापाको भनाइ छ। 

‘यसले गरिखाने वर्गलाई असर गर्छ। अहिलेमात्र गहुँको मूल्य बढेको छ। यसको अर्थ मैदा तथा पिठोको मूल्य बढ्नु हो। १० रुपैयाँ किलोमा मूल्य बढ्दा धनाढ्यलाई त केही हुँदैन तर गरिबलाई त असर गर्छ’ उनले भने,‘सामान्य नागरिकदेखि विकास निर्माणसम्म असर गर्ने मूल्यवृद्धिलाई नियन्त्रण गर्नेतिर सरकार तथा राष्ट्र बैंक सचेत हुन जरुरी छ।’

विदेशी विनिमयको सञ्चितिको समस्यामा रुमल्लिएको सरकारको प्राथमिकतामा मूल्यवृद्धि अझै परेको छैन। यद्यपि यसको चक्रिय प्रभाव समाजमा देखिन थालिसकेको छ। 

मूल्यवृद्धि अझै बढ्दै गयो भने अहिलेकै नियन्त्रित व्यवस्थामै सञ्चितिमा सुधार नहनसक्छ। अहिले सरकारले आयात नियन्त्रण गर्दा जसरी डलर सञ्चिति थपिन्छ भनेर आस गरेको छ भोलि मूल्यवृद्धि आकाशियो भने त्यो नहुनसक्छ। त्यस्तो अवस्थामा झन ठुलो समस्याको सम्भावना हुन्छ। 


प्रकाशित : आइतबार, जेठ ८ २०७९०१:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend