काठमाडौं- दुई ठूला वाणिज्य बैैंकले आफ्ना सेयरधीनलाई गत वर्षको नाफा बाट दिने लाभांश घोषणा गरेका छन्। सानिमा बैंक र माछापुछ्रे बैंकले लाभांश घोषणा गरेका हुन्।
जसमा सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गरेको हो।
बैंकले गत आर्थिक वर्ष २०७७\७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ। त्यस्तै माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७७\७८ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो। गतवर्षका नाफाबाट १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।