बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

हिमालयन डिष्टिलरीका लगानीकर्ताले गुमाए प्रतिकित्ता ४४९८ रुपैयाँ, कहिले फर्किएला?

शनिबार, जेठ ७ २०७९
हिमालयन डिष्टिलरीका लगानीकर्ताले गुमाए प्रतिकित्ता ४४९८ रुपैयाँ, कहिले फर्किएला?

काठमाडौं- हिमालयन डिष्टिलरीले सेयरधनीलाई १०० प्रतिशत लाभांश दियो तर कम्पनीको सेयर मूल्य भने लगातार घटिरहेको छ। 

कम्पनीले ७५ प्रतिशत सेयर र २५ प्रतिशन नगद गरी १०० प्रतिशत लाभांश दिएको थियो। गत वर्ष पनि कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत सेयर र ५० प्रतिशन नगद गरी १०० प्रतिशत लाभांश दिएको थियो। 

लगातार आकर्षक लाभांश दिएको कम्पनीले नाफा पनि राम्रो गरिरहेको छ। तर सेयर मूल्य भने उच्चबाट ४४९८ रुपैयाँले घटेको छ। शुक्रबार कम्पनीको सेयर मूल्य ३४४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

hdl.PNG

कम्पनीको यसअघि ७९३८ रुपैयाँसम्म पुगेको थियो। उच्च मूल्यमा खरिद गर्ने लगानीकर्ताले ठूलो रकम गुमाइसकेका छन्। समग्र नेप्से वियरिसतर्फ लागेकोले अब तत्कालै लगानी रकम उठ्न भने कठिन छ। 

घटिरहेको सेयर मूल्य अझै तल आउने अनुमान गरिएको छ। जसका कारण लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा रहेका छन्। कम्पनीले अझै प्लान्ट थप गर्ने र त्यसका लागि थप पुँजी आवश्यक पर्ने भएकाले यस वर्ष पनि सेयर लाभांश दिने बजारमा हल्ला छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ५२ अर्बमा झरेको छ। 


प्रकाशित : शनिबार, जेठ ७ २०७९०८:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend