आइतबार, वैशाख ३० गते २०८१    
images
images

सेयर बजारले लय समातेकै हो?

images
images
images
सेयर बजारले लय समातेकै हो?

प्राविधिक विश्लेषकहरुले अहिलेको करेक्सन सकिएर बजार पुरानै लयमा फर्किएको विश्लेषण गरे पछि बुधबार एकै दिन नेप्से सूचक १०४ अंकले सुधार भएको छ।

images
images

काठमाडौं- प्राविधिक विश्लेषकहरुले अहिलेको करेक्सन सकिएर बजार पुरानै लयमा फर्किएको विश्लेषण गरेपछि बुधबार एकै दिन नेप्से सूचक १०४ अंकले सुधार भएको छ।

images
images
images

मंगलबार नेप्से सूचक २६१३ अंकसम्म तल झरेर फर्किएको थियो। उक्त न्युनतम बिन्दुलाई आधार मान्ने हो भने दुई दिनमै २०० अंकको सुधार भइसकेको छ।

images

यसै अवधिको अधिकतम र न्यूनतम बिन्दुलाई आधार मान्दा ५८४ अंकले करेक्सन भयो। उक्त करेक्सनका क्रममा बैंकको ब्याजदर, तरलता अभाव, राजनीतिक अस्थिरता लगायतका धेरै कारणलाई विश्लेषण गरियो।

images

नियम विपरित व्याजदर बढाउने बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकले संशोधन गर्न दिएको निर्देशनले बुधबारको सेयर बजारलाई राम्रो सपोर्ट गर्यो। अर्कोतर्फ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने भन्दै राजनीतिक संक्रमण चलिएको विश्लेषण गरिएको थियो। तर बुधबार नै मन्त्रिपरिषद विस्तार भयो।

images
images

सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले सबैभन्दा धेरै प्रभाव पार्छ। लगानीकर्ताको मनोबल बढ्यो भने जस्तोसुकै अवस्थामा पनि बजार बढ्छ। यसो भन्नुको मतलब लगानीकर्तामा बजार बढ्छ भन्ने कन्फिडेन्स भयो भने स्वतः बढ्न थाल्छ।

प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले सेयर बजारको अबको यात्रा ४ हजारको लागि भएको भन्दै आफ्नो विश्लेषण सार्वजनिक गरेका छन्। यसका साथै अन्य प्राविधिक विश्लेषकले पनि बजार बढ्ने संकेत दिँदै आएका छन्।

योबाहेक अन्य कुरामा तात्विक फरक केही पनि छैन। दुई दिनको अवधिमा २०० अंकले सुधार भएसँगै बैंक वित्तीय संस्थाले मार्जीन कल गर्न छाड्छन्। यसले पनि बजार सुधारका लागि केहि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

गएका दुई दिनमा सूचिकृत सम्पूर्ण कम्पनीको सेयर मूल्य बढेको छ। सम्पूर्ण कम्पनीमा समानुपातिक सुधार भएकाले बजार उच्च भएको समयमा सेयर खरिद गर्नेलाई अझै केही समय नाफा हुँदैन। त्यसैले गर्दा अझै केही दिन बजारमा सप्लाइ आउने देखिँदैन। तर मंगलबार र बुधबार सेयर खरिद गरेकालाई अहिले नै राम्रो मुनाफा भइसकेको हुँदा उनिहरुले आइतबारदेखि नाफा बुक गर्न थाल्छन्। त्यतिबेलासम्ममा उच्च बिन्दुमा सेयर खरिद गरेकाहरुलाई पनि थोरै मुनाफा देखियो भने बेच्न थाल्ने हुँदा अहिलेको सुधारमा तत्काल दिगोपना आउन सक्ने देखिँदैन।

अर्कोतर्फ एक सय अंकभन्दा माथिको सुधार हुँदा पनि कारोबार रकम एकदमै कम छ। ब्रोकरहरुले अझै पनि सेयर खरिद गरिरहेका छैनन्। उनिहरुले आफू निकट लगानीकर्तालाई सेयर खरिद गर्न सुझाव दिने गरेका छैनन्।

भन्नुको मतलब केही दिनको सुधार पछि बजारमा पुनः राम्रो करेक्सन आउन सक्ने देखिन्छ। विश्लेषकहरुका अनुसार दसैँ तिहारसम्म बजारले खासै गति लिँदैन। यस अवधिको उचारचढावमा कारोबार गर्नेले भने राम्रो लाभ लिन सक्छन्।

images

प्रकाशित : बिहीबार , असोज ७ २०७८०२:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend