शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

आर्थिक समस्यासँग भाग्ने होइन, सुधारको अवसरका रुपमा लिनुपर्छ : गगन थापा 

images
बिजनेस न्युज
images
images
आर्थिक समस्यासँग भाग्ने होइन, सुधारको अवसरका रुपमा लिनुपर्छ : गगन थापा 

थापाले कम्तिमा सातवटा काम गर्ने हो भने केही काम गर्न सकिने थापाको भनाइ छ। 

images
images

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाली अर्थतन्त्र चिन्ताजनक अवस्थामा रहेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले समस्यालाई देखाएर सरकार खुम्चिने र भाग्ने प्रवृत्तिमा हिँड्न नहुने बताएका हुन्। 

images
images
images

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद थापाले अहिलेको समस्या कुनै एउटा सरकारका कारणले नआएको र यसप्रति प्रतिक्रियात्मक भएर समाधान नहुने उनको भनाइ छ। 

images

'अर्थतन्त्रको अवस्था चिन्ताजनक छ तर खुम्चिएर र भागेर पनि हुँदैन। कसैलाई आरोप लगाएर पनि हुँदैन। तर यसको अर्थ हामीले गर्दा भएको होइन भनेर सरकार हात बाँधेर बस्ने पनि होइन। र अहिलेको संकट मात्र होइन भविष्यका लागि पनि परिणाम आउने काम गर्ने यो बजेट अवसरका रुपमा हुनसक्छ' उनले भनेका छन्। 

images

अर्थतन्त्रमा समस्या देखिएका बेला तत्काल समाधान, दीर्घकालीन काम गर्नका लागि सरकार अग्रसर हुनुपर्ने सांसद थापाले सुझाव दिए। संकटको समयमा सरकारले चुनावी वर्ष भन्दै लोकप्रिय कार्यक्रम ल्याउन नहुने उनको भनाइ छ। सरकारले सुधारभन्दा पनि लोकप्रिय हुने कार्यक्रमसहित बजेटको तयारी गरिरहेको छ। 

images
images

कर घटाउने, भत्ता तथा तलब बढाउने जस्ता तयारीमा अर्थ मन्त्रालय रहेको छ। यस्तो समयमा सोच बिचार गरेर मात्र बजेट ल्याउन सांसदहरुले सुझाव दिएका छन्। 

'फेरि पनि लोकप्रिय कार्यक्रममै झुम्मियौं भने अवस्था झन् खराब हुन्छ। तत्काल गर्नसक्ने तथा दीर्घकालीन रुपमा गर्नसक्ने काम गरौं यसले देशको हित गर्छ' सांसद थापाले भने। 

सांसद थापाले नीति तथा कार्यक्रमका लागि विशेषगरी व्यापार घाटा न्यूनीकरणका लागि गर्नुपर्ने कामका बारेमा सरकारलाई सुझाव दिएका छन्। 

बढ्दो व्यापार घाटाले गर्दा अर्थतन्त्रमा निरन्तर समस्या देखिन थालेको छ। उच्च मूल्यवृद्धि हुँदा वैदेशिक मुद्राको सञ्चितिमै गिरावट आएको छ। यस्तो समस्या र संकट यही सरकारका कारणले मात्र नभएको भएपनि समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ। 

नागरिकलाई काम गर्न विदेश पठाउने त्यस्तै नागरिकले पठाएको पैसाले विदेशबाट सामान मगाउनुपर्ने अवस्थामा अर्थतन्त्र पुगेको र यसले दीर्घकालीनमा कुनै पनि कोणबाट फाइदा नहुने उनको भनाइ छ। 

'हामी मान्छे बेच्ने समान किन्ने मुलुकका रुपमा दर्ज भएका छौं' उनले भने। 

कृषि प्रधान भनेर वर्षौँदेखिको न्यारेसनमै प्रश्न उठ्ने अवस्था भएपनि यसमा कसैको ध्यानाकर्षण नभएको उनको भनाइ छ। विदेशबाट आएको कृषिजन्य वस्तु उपोभग गरेर कृषिप्रधानको नारा तथा भाषण गर्ने प्रवृत्ति बढ्दै गएको र यस्तै प्रवृत्तिले श्रृखलाले गर्दा व्यापार घाटा चुलिँदै गएको उनको भनाइ छ। 

राष्ट्रिय उद्योगको विकास गर्ने कार्यक्रम चाहिन्छ। संसारमा कतै संरक्षणले फाइदा पनि भएको छ कतै घाटा पनि भएको छ। बाहिर धेरै अध्ययन भइरहेका छन्। त्यसैले हामीले यसमा मिश्रित नीति ल्याउन सक्छौं। 

व्यापार घाटा न्यूनीकरण, रोजगारी सिर्जना तथा उत्पादक्व वृद्धिका लागि सरकारले एक वर्ष होइन दसकको कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ। यो कुरा आउँदै गरेको बजेटमा प्रकट हुनुपर्ने उनको भनाइ छ। 

'उत्पादन तथा उत्पाकदत्व बढाउनका लागि एक दसकको कार्यक्रम ल्याउन हामीले प्रधानमन्त्रीलाई नै आग्रह गरेका छौं। यसका लागि कुन क्षेत्रमा काम गर्न सकिन्छ। कसको बजार छ। कुनमा पूर्वाधार पर्याप्त छ। कुनमा पूर्वाधार बनाउनुपर्छ। भनेर विस्तृत अध्ययन गरेर हामीले  दस वर्षको कार्यक्रम बनाउनुपर्छ। समय तालिका बनाएर त्यसलाई कार्यान्वयनमा लिनुपर्छ। यसपछि प्रतिफल दिने निश्चित भएका कार्यक्रममा फोकस हुँदा राम्रो हुन्छ' उनले भने। 

थापाले कम्तिमा सातवटा काम गर्ने हो भने केही काम गर्न सकिने थापाको भनाइ छ। 

'उदाहरणका लागि जुत्ता हेरौं। हामी अहिले पनि पूरानाोजुता कारखाना सम्झन्छौं। तर हामि वर्षमा ९ करोड जोर खपत गर्छौं। चार करोड यहाँ उत्पादन हुन्छ। बाँकी विदेशबाट ल्याउछौं। यसमा साढे चार करोड नेपालमै उत्पादन हुनसक्छ। नेपाली उद्योगको क्षमता  १६ करोड जोर छ। तर नेपाली उद्योगले किन सबै उत्पादन गरेको छैन भने विदेशबाट आएका चुत्तासँग प्रतिस्पर्धा गर्न सकेको छैन। विदेशबाट आउँदा भन्सार छलेर आउने भएकाले यहाँका उद्योगले सक्दैनन्। यो चोरी पैठारी रोकिनेवित्तिकै नेपाली उद्योगले पहिलो वर्ष नै ५० लाख जुत्ता आयात प्रतिस्थापन गर्छ' उनले भने। 

सरकारले सहजीकरण तथा सुविधा दिए बापत उद्योगहरुबाट नेपालीलाई रोजगारी दिने ग्यारेन्टी उद्योगबाट खोज्नसक्ने उनको सुझाव छ। यस्तै सम्भावना भएका अरु क्षेत्रलाई केन्द्रित गरेर सरकारले बजेट तथा कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ। 

अर्थमन्त्रीले भन्सारबाट कर कसरी उठाउने भन्दा पनि तय भएको भन्सार नीतिका कारणले नेपाली उद्योगमा के कस्तो असर पर्छ भनेर सोच्नुपर्ने उनको भनाइ छ।

images

प्रकाशित : शुक्रबार, जेठ ६ २०७९१२:३६
प्रतिक्रिया दिनुहोस