बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

हकप्रद दिएर चुक्ता पुँजी बढाउने तयारीमा रहेको पुनर्बीमा कम्पनीको सेयर मूल्य घटेको घट्यै

शुक्रबार, जेठ ६ २०७९
हकप्रद दिएर चुक्ता पुँजी बढाउने तयारीमा रहेको पुनर्बीमा कम्पनीको सेयर मूल्य घटेको घट्यै

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीले पछिल्लो एक वर्ष एकछत्र दोस्रो बजारमा राज गरेको थियो। पछिल्लो समय भने कम्पनीको सेयर मूल्य लगातार घटिरहेको छ। उच्च मूल्यबाट कम्पनीको सेयर मूल्यबाट ११२१ रुपैयाँ घटेर शुक्रबार साताको अन्तिम दिन ८९० रुपैयाँमा कारोबार भएको छ। 

नेपाल स्टकएक्सचेन्ज (नेप्से) का अनुसार गत वर्षको पुस मसान्तदेखि चालु वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै कारोबार हुने सूचीमा पुनर्बीमा कम्पनी परेको थियो। एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम ८८९ रुपैयाँमा कारोबार भएको थियो भने उच्चतम २०१० रुपैयाँसम्म पुगेको थियो। शुक्रबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४ रुपैयाँले घटेको छ। 

nric.PNG

१९ प्रतिशत लाभांश घोषणापछि केही बढेको सेयर मूल्य अहिले भने लगातार घटिरहेको छ। तर अहिले भने सेयर सेयर मूल्य घटिरहेको छ। 

१ खर्ब ६ अर्बको पुँजीकरण भइसकेको कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो। धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको सेयर कारोबार सुरु भएको हो।

कम्पनीको चुक्ता पुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरीसमेत छलफल थालेको छ। कम्पनीले केही वर्षभित्रै २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने नीतिसमेत लिएको छ।

नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीसमेत अनुमति पाएर सञ्चलानको तयारीमा रहेको छ।


प्रकाशित : शुक्रबार, जेठ ६ २०७९१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend