शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

बागमती प्रदेशको सबै खाले सवारी कर इसेवाबाट तिर्न सकिने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ६ २०७८
images
images
बागमती प्रदेशको सबै खाले सवारी कर इसेवाबाट तिर्न सकिने 

इसेवामा खाता भएका प्रयोगकर्ताले आफ्नो मोबाईलबाटै कर भुक्तानी, दर्ता र नवीकरण  गर्न सकिन्छ भने नभएकाले नजिकको इसेवा जोन तथा पोइन्टबाट सेवा लिन सकिन्छ । 

images
images

काठमाडौं- बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको कर इसेवाबाट तिर्न सकिने भएको छ। 

images

सवारी दर्ता तथा नविकरणको शुल्क तिर्न सकिनेगरी प्रदेश सरकार र इसेवाको सम्झौता भएको हो। योसँगै सवारी साधनको कर, दर्ता र नवीकरण अनलाइनबाटै  गर्न सकिने भएको छ। 

images
images

कर तिर्न, सवारी दर्ता तथा नवीकरण तथा इन्स्योरेन्सको भुक्तानी गर्न यातायात कार्यालयमा लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुने इसेवाले जानकारी दिएको छ। 

images
images
images

दुई पांग्रे, चार पाङ्ग्रे, ठूला तथा हेवी सवारी, निजी तथा सार्वजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नवीकरणको भुक्तानी इसेवाबाटै  गर्न सकिनेछ । 

इसेवामा खाता भएका प्रयोगकर्ताले आफ्नो मोबाईलबाटै कर भुक्तानी, दर्ता र नवीकरण  गर्न सकिन्छ भने नभएकाले नजिकको इसेवा जोन तथा पोइन्टबाट सेवा लिन सकिन्छ । 
 
मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । 


प्रकाशित : बुधबार, असोज ६ २०७८१५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend