शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

images
बिजनेस न्युज
images
images
अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ
images
images

काठमाडौं- नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ।

images
images
images

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका-१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका-६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई बिहीबार राति पक्राउ गरेको हो। पक्राउ परेकासँग प्रहरीले ७६ हजार रुपैयाँ, एक हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ ।

images

यस्तै तारकेश्वर नगरपालिका-५ लोलाङ धितालथोकमा जुवातास खेल्ने छ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले धितालथोककी २५ वर्षीया गीता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहालसहित छ जनालाई पक्राउ गरेको हो।

images

पक्राउ परेकासँग प्रहरीले २३ हजार ३ सय ६० रुपैयाँ र तीन बुक तास बरामद गरेको छ। पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

images
images

images

प्रकाशित : शुक्रबार, जेठ ६ २०७९१०:३५
प्रतिक्रिया दिनुहोस