बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हुवावे र जेटईका फाइभजी उपकरणमा प्रतिबन्ध लगाउँदै क्यानडा 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ ६ २०७९
हुवावे र जेटईका फाइभजी उपकरणमा प्रतिबन्ध लगाउँदै क्यानडा 

अमेरिकी नेतृत्वको फाइभ आइज नेटवर्कमा बेलायत, अष्ट्रेलिया र न्युजिल्यान्ड छन्। यी देशले यसअघि नै प्रतिबन्ध लगाइसकेका छन्। 

काठमाडौं- क्यानडाले पनि चिनियाँ टेक जायन्ट हुवावेका उपकरण प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। फाइभजी उपकरण प्रयोगमा प्रतिबन्ध लगाएर अमेरिकाले नेतृत्व गरेको फाइभ आई एलाइन्समा क्यानडा पनि सहभागी हुने भएको हो। 

राष्ट्रिय सुरक्षालाई सुनिश्चिता गर्नका लागि भन्दै क्यानडाले अर्को चिनियाँ कम्पनी जेटईका उपकरणमा पनि प्रतिबन्ध लगाइने क्यानडाका उद्योगमन्त्री फ्रान्सिओस फिलिपले बताएका छन्। 

'जेटईहुवावेको सहभागिता बाहेकको फाइभजी नेटवर्क हुने छ' उनले भनेका छन्'यसअघि नै जडान भएका छन् भनेपनि समयतालिका अनुसार सेवाप्रदायकले झिक्नुपर्ने छ।' 

उनका अनुसार यसअघि नै जडान गरेका कम्पनीले फाइभजीका उपकरण सन् २०२४ जुनसम्म निकाल्नुपर्नेछ भने फोरजीका लागि सन् २०२७ को अन्त्यसम्म। 

अमेरिकी नेतृत्वको फाइभ आइज नेटवर्कमा बेलायत, अष्ट्रेलिया र न्युजिल्यान्ड छन्। यी देशले यसअघि नै प्रतिबन्ध लगाइसकेका छन्। 

पछिल्लो समय चीन-क्यानडाबीच कुटनीतिक तानब बढिरहेको छ। यो तनावको व्यवस्थापन अझै हुनसकेको छैन। 

चिनियाँ कम्पनीका उपकरण प्रयोगमा युरोपियन मुलुकहरुले पनि रोक लगाएका छन्। कतिपय मुलुकमा मूल्यका कारणले अझै पनि प्रतिबन्ध लगाउन सकेका छैनन्। युरोप अमेरिकामा चिनियाँ कम्पनीको सुरक्षा सरोकार बारेमा अझै बहस तथा छलफल भइरहेको छ।


प्रकाशित : शुक्रबार, जेठ ६ २०७९०५:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend