आइतबार, मंसिर ९ गते २०८१    
images
images

लगानीकर्ताका लागि आउँदैछ ७ अर्ब बराबरको ६ करोड ५७ लाख कित्ता आईपीओ

images
शुक्रबार, जेठ ६ २०७९
images
images
लगानीकर्ताका लागि आउँदैछ ७ अर्ब बराबरको ६ करोड ५७ लाख कित्ता आईपीओ
images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्ड सात अर्ब मूल्य बराबरको साधारण सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको छ। बोर्डमा सूचीकृत भएका २९ वटा कम्पनीको तीन चरणमा गरी कुल ७ अर्ब ९ करोड ७९ लाख मूल्य बराबरको ६ करोड ५७ लाख कित्ता सेयर निष्कासनको तयारी भएको हो। 

images
images
images

धितोपत्र बोर्डले आईपीओ निष्कासनलाई चारवटालाई चरणमा विभाजन गरेको छ। सेयर निष्कासनको पहिलो चरणमा १७ वटा कम्पनी रहेका छन्। यी प्रारम्भिक समीक्षाको चरणमा रहेका ३ अर्ब ५६ करोड मूूल्य बराबरको ३ करोड ३ लाख कित्ता सेयर प्रारम्भिक समीक्षाको चरणमा रहेका छन्।

images

प्रारम्भिक समीक्षाको चरणमा ७ वटा हाइड्रो पावर कम्पनीहरू रहेका छन् भने चारवटा माइक्रो फाइनान्स कम्पनीहरू रहेका छन्। त्यस्तै होटल तथा पर्यटन एउटा र इन्स्योरेन्स कम्पनी एउटा रहेको छ। ‘अन्य’ कम्पनी अन्तर्गत एउटा कम्पनी र लगानीगत एउटा कम्पनी रहेको छ। 
  
त्यसैगरी दोस्रो चरणमा बोर्डले पहिलो आईपीओ निष्कासका लागि अनुमति लिन आउने कम्पनीको अध्ययन र समीक्षा गरी कम्पनीका बारेमा थप टिप्पणीका लागि पठाइका कम्पनीहरूको संख्या सात वटा रहेको छ। दुुई अर्ब ४९ करोड मूल्य बराबरको दुुई करोड ४९ लाख कित्ता सेयर निष्कासनको पक्रियामा रहेको छ। जसमा सबैभन्दा धेरै जलविद्युत कम्पनीको रहेको छ। पाँचवटा जलविद्युत कम्पनी, ‘अन्य’ कम्पनी अन्तर्गतको एउटा कम्पनी र इन्स्योरेन्स कम्पनी एउटा रहेको  बोर्डले जनाएको छ। 

images

त्यसैयरी अन्तिम समीक्षागरी जवाफ पठाएका पाँचवटा कम्पनी रहेका छन्। बोर्डले कम्पनीलाई कागजात अपुुग भएको खण्डमा अन्तिम पटक  जवाफ मागेर निष्कासनको अन्तिम चरणमा रहेका एक अर्ब तीन करोड ८४ लाख  मूूल्य बराबरको एक करोड तीन लाख ८४ हजार कित्ता सेयर निष्कासनको चरणमा रहेका  छन्। जसमा चारवटा जलविद्युत कम्पनी र एउटा माइक्रो फाइनान्स रहेको छ।

कुन कम्पनीकाे कति? 

oneee.jpg
twoo.jpg
threee.jpg


प्रकाशित : शुक्रबार, जेठ ६ २०७९०१:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend