बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

आईएमई पे बाट हवाई टिकट बुक गर्दा सुनको सिक्का जित्नसक्ने अफर 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
आईएमई पे बाट हवाई टिकट बुक गर्दा सुनको सिक्का जित्नसक्ने अफर 

आईएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक दिन १ भाग्यशाली बिजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट प्राप्त गर्न सक्नेछन्। 

काठमाडौं- आईएमई पे ले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ । आईएमई पे मोबाईल वालेट एपबाट हवाई टिकट बुक गर्ने दुई यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउनेछन्। 

यस बाहेक अतिरिक्त योजना अवधिभर हरेक दिन आईएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक  एक बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट र हरेक हप्ता १  बिजेताले एउटा चाँदीको सिक्का पनि जित्नसक्ने कम्पनीले जानकारी दिएको छ।

यो योजना सञ्चालन गर्नका लागि कम्पनीले केही निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । जस अनुसार, आईएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुनेछन् । आईएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक दिन १ भाग्यशाली बिजेताले चन्द्रागिरि केबलकारको दुईवटा टिकट प्राप्त गर्न सक्नेछन्। 

आईएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरू मध्ये हरेक हप्ता ५ भाग्यशाली बिजेताले १ चाँदीको सिक्का प्राप्त गर्न सक्नेछन्। आईएमई पे एपबाट हवाई टिकट बुक गर्ने यात्रुहरूमध्ये हरेक १५ दिनमा १  बिजेताले १ सुनको सिक्का बम्पर उपहार स्वरूप प्राप्त गर्नेछन्। 

 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९१२:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend