आइतबार, असोज ६ गते २०८१    
images
images

युवाहरूमा उत्साह भर्ने बजेट बनाउन कांग्रेस सांसद विनोद चौधरीको सुझाव 

थोत्रो गाडीमा इमान्दार ड्राईभर फेर्दैमा रफ्तारमा कुद्‍न सक्दैन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
images
images
युवाहरूमा उत्साह भर्ने बजेट बनाउन कांग्रेस सांसद विनोद चौधरीको सुझाव 

राजश्व संकलनमा नकारात्मक असर पर्ने र रोजगारी कटौतीका लागि दवाव पर्ने जस्ता समस्या आउन सक्ने भएकाले यस्तो नकारात्मक अवस्थाबाट जोगिन हामीले सरकार, निजी क्षेत्र र सरोकारवालाहरुवीचमा गंभिर गृहकार्य गर्न आवश्यक रहेको  उनले बताए । 

images
images

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले युवाहरूलाई भविष्यप्रति उत्साहित बनाउने गरि आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् ।

images
images
images

विहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै नेता चौधरीले युवाहरू भविष्यप्रति विश्वस्त नहुँदा विदेशिने लहर नै चलेको र देशको विकास अभियानका लागि यो राम्रो संकेत नभएको बताए ।

‘हाम्रो ध्यान युवाहरूका लागि गुणस्तरीय शिक्षाको ग्यारेन्टी गर्नेतर्फ हुनुपर्छ । उनीहरूका लागि आकर्षक रोजगारी सृजना गर्नेतर्फ हुनुपर्छ ।’ सांसद चौधरीले भने, ‘आगामी वर्षको बजेटले यस बारेमा ठोस कार्यक्रम ल्याउनुपर्छ । बजेट हाम्रा लागि आउने होइन भन्ने युवाहरूको धारणामा परिवर्तन ल्याउँदै उनीहरु उत्साहित हुने बजेट ल्याउनुपर्छ ।’

हामीले युवाहरूलाई केन्द्रमा राखेर सरकारको नीति र बजेट बनाउन सकेनौँ भने हाम्रा युवाहरू रोजगारीको खोजीका लागि गोरखपुर पुगेर रेल चढ्ने र कोही युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चढ्ने क्रम जारी नै रहने छ, नेता चौधरीले भने ।

images

नेता चौधरीले अर्थतन्त्रमा सामान्य समस्या रहेको यो समस्या विगत सरकारबाट वर्तमान सरकारलाई हस्तान्तरण भएको विश्लेषण गर्दै थोत्रो गाडीमा इमानदार ड्राइभर फेर्दैमा गाडी रफ्तारमा कुद्न सक्दैन । यसका लागि गाडीकै मर्मतसम्भार जरुरी पर्ने बताए । ‘अर्थतन्त्रमा गत वर्षदेखि नै समस्या थिए तर हाम्रो सुझावलाई वेवास्ता गरियो’ नेता चौधरीले भने, ‘त्यसको परिणाम अहिले देखिएको मात्रै हो ।’

नेपाली अर्थतन्त्रलाई श्रीलङ्काको अर्थतन्त्रसँग जोडेर केही पक्षले धमिलो पानीमा माछा मार्न खोजेको पनि उनले बताए । ‘हाम्रो अर्थतन्त्रमा केही समस्या छन् । तर, ति समस्या हाम्रै पहलमा समाधान गर्न सकिन्छ । र, अर्थतन्त्रलाई गतिशील बनाउन सम्भव छ’ नेता चौधरीले सुझाव दिदै भने, ‘त्यसका लागि कार्यान्वयनमा रहेका विकास परियोजनालाई सयमसिमा निर्धारण गरि सम्पन्न गर्नुपर्छ । र, पाईपलाईनमा रहेका परियोजनालाई द्रुत गतिमा कार्यान्वयनमा लैजान आवश्यक छ ।’

वैदेशिक मुद्राको सञ्चितिमा परेको चँप र रोजगारी सिर्जना जस्ता विषयको समाधान आन्तरिक र बाह्य लगानी वृद्धि गर्नु हो भन्दै नेता चौधरीले सरकारको ध्यान वैदेशिक लगानीकर्ता र आन्तरिक लगानीकर्ताका लागि लगानीको उत्साहजनक वातावरण तयार गर्ने र उनीहरूलाई प्रोत्साहन गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा पनि जोड दिए । 

नेपाली अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन र जलविद्युत्को विकासमा गम्भिर बन्नुपर्ने आवस्यकता पनि नेता चौधरीले दोहो¥याए । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउदैछन् । ‘हाम्रो ध्यान भारत र चिनबाट ५० लाख पर्यटकलाई नेपाल ल्याउने हुनुपर्छ’, उनले भने । 

बढ्दो ब्यापार घाटा अर्को समस्या रहेको बताउदै नेता चौधरीले ब्यापार घाटालाई सन्तुलनमा ल्याउन जलविद्युत् निर्यात नै उपयुक्त विकल्प रहेको सुझाव दिए । ‘हामीले १५ सय मेघावाट विजुली निर्यात गर्न सक्यौँ भने हाम्रो ब्यापार घाटा सन्तुलनमा ल्याउन सकिनेछ’ नेता चौधरीले भने ।

तरलता संकट र बढ्दो ब्याजदरको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकले विशेष ध्यान दिन आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउदै नेता चौधरीले सरकारको ढुकुटीमा थुप्रिएको रकमलाई बजारमा ल्याउन आवश्यक रहेको बताए ।

‘आर्थिक वर्षको १० महिनासम्ममा पनि सरकारले पुँजीगत बजेटको ३१ प्रतिशत मात्रै खर्च गरेको छ । हाम्रो विकासको संरचनागत प्रणालीमै समस्या छ । यसमा सुधार नगरेसम्म हामीले विकासको अनुभूति नै गर्न नपाउने भयौँ’, नेता चौधरीले भने, ‘विकास बजेट कार्यान्वयन गरे पनि हुने र नगरे पनि हुने अहिलेको प्रणालीमा सुधार ल्याउन खास व्यवस्था मिलाउनुपर्छ । अन्यथा आगामी बर्षमा पनि विकासको यहि दारुण कथा दोहोरिईरहनेछ ।’

हाम्रो अर्थतन्त्रमाथि दवाव बढ्नुमा बाह्य कारणहरू पनि जिम्मेवार रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, स्टिल लगायतका वस्तुहरूको उच्च मुल्यवृद्धि भएको र त्यसको प्रत्यक्ष असर हामीलाई परेको विश्लेषण गर्दै नेता चौधरीले यस्ता बिषयमा सजग रहन आवश्यक रहेको बताए ।

वैदेशिक मुद्राको सञ्चिती जोगाउने प्रयासमा आयातमा गरिएको कडाईले कतिपय अवस्थामा हाम्रो आन्तरिक उत्पादनमूलक उद्योगहरुलाई नकारात्मक असर पर्ने अवस्था आउन सक्नेतर्फ पनि ध्यानाकर्षण गराउदै यसले आन्तरिक उत्पादन घट्ने, राजश्व संकलनमा नकारात्मक असर पर्ने र रोजगारी कटौतीका लागि दवाव पर्ने जस्ता समस्या आउन सक्ने भएकाले यस्तो नकारात्मक अवस्थाबाट जोगिन हामीले सरकार, निजी क्षेत्र र सरोकारवालाहरुवीचमा गंभिर गृहकार्य गर्न आवश्यक रहेको  उनले बताए । 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९१०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend