आइतबार, असोज ६ गते २०८१    
images
images

पुँजी बजारमा एक तिहाइ सम्पत्ति गुमेको छ, बजेटबाट सम्बोधन हुनुपर्छ : विनोद चौधरी

अर्थमन्त्रीको बचाउ गर्दै उनले भने- आर्थिक समस्यामा वर्तमान सरकारको भूमिका छैन 

images
बिहीबार , जेठ ५ २०७९
images
images
पुँजी बजारमा एक तिहाइ सम्पत्ति गुमेको छ, बजेटबाट सम्बोधन हुनुपर्छ : विनोद चौधरी

पुँजी बजारमा आशाको किरण छर्नेगरी कार्यक्रम आउनुपर्ने उनको भनाइ छ। 

images
images

काठमाडौं- उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अर्थतन्त्रमा परम्परागत समस्याहरू देखिएको बताएका छन्।पूर्वबजेट छलफलमा सहभागी हुँदै आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै थुप्रिएका समस्याहरू बल्झिएको बताएका हुन्। 

images
images
images

सरकारले पुँजीगत खर्च गर्नसक्ने, संरचनागत विकास नहुनु, बैंकमा तरलता नहुने जस्ता पुरानै समस्या फेरि देखिएको र यस्तव अवस्थामा आउने बजेटले नयाँ सन्देश दिनुपर्ने उनको भनाइ छ। 

'म अर्थमन्त्रीलाई सुझाव दिन चाहन्छु कि बजेट यस्तो आओस् यसले अहिलेका तमाम समस्या समाधान गर्ने सन्देश देओस्' उनले भने। 

अर्थतन्त्र तथा सरकार सञ्चालनमा विगतदेखि समस्याका चाङ थुप्रिएको र त्यसैको परिणाम अहिले देखिन थालेको उनले बताए। लाखौ युवाले नेपालमा रोजगारी नपाएको, गुणस्तरीय शिक्षा नपाउँदा विद्यार्थीसँगै अर्बौं रकम बाहिरिएको जस्ता समस्या अहिले पनि रहेको र यी विगतकै निरन्तरता भएको उनको भनाइ छ। 

images

यस्ता समस्या समाधानका लागि सरकारले बजेट ल्याउनुपर्ने उनको सुझाव छ। 

अहिले देखिएका समस्यामा वर्तमान सरकार र अर्थमन्त्रीको कुनै दोष नरहेको उनको भनाइ छ। अर्थमन्त्री जनार्दन शर्माको बचाउ गर्दै उनले भने' अर्थमन्त्री फेरिँदैमा समस्या समाधान हुँदैन। यो समस्याको जड एउटा मन्त्री र सरकार होइन। त्यसैले थोत्रो भएको गाडीमा चालक फेरिँदैमा राम्रो गुड्दैन।' 

पछिल्लो समय अर्थमन्त्री फेरिने हल्ला चलेको थियो। यस्तो बेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौधरीले संसदमै अर्थमन्त्रीको बचाउ गरेका हुन्। 

वित्तीय तथा पुँजी बजारमा पछिल्लो समय निरन्तर समस्या देखिएको तर्फ सरकारको ध्यानाकर्षण गर्दै चौधरीले नयाँ बजेट तथा कार्यक्रम यस्ता समस्यामा केन्द्रित हुनुपर्ने बताए। 

पुँजी बजारमा आशाको किरण छर्नेगरी कार्यक्रम आउनुपर्ने उनको भनाइ छ। 

'पछिल्लो समय सर्वसाधारणले पुँजी बजारमा धेरै सम्पत्ति गुमाएका छन्। बैंकमा तरलता छैन। ब्याजदर बढ्दो छ। यस्ता समस्या समाधान गर्दै फेरि एकपटक पुँजीबजार गलजार हुनेगरी बजेट आउनुपर्छ' उनले भने। 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend