बिहीबार , वैशाख १३ गते २०८१    
images
images

भारतमा ‘बर्न इलेक्ट्रिक प्लेटफर्म’ विकास गर्न फक्सवागन र महिन्द्रा सहमत

images
images
images
भारतमा ‘बर्न इलेक्ट्रिक प्लेटफर्म’ विकास गर्न फक्सवागन र महिन्द्रा सहमत

भारतमा महिन्द्रा र फक्सवागनले उत्पादन गर्ने विद्युतीय कारमा सो प्लेटफर्ममा बन्ने ब्याट्री प्रयोग हुनेछ। योसँगै दुई कम्पनीले बनाउने विद्युतीय कार केही सस्तो हुने र सहज रुपमा ब्याट्रीको उपलब्धता हुनेछ। 

images
images

काठमाडौं- जर्मन सवारी उत्वादन कम्पनी फक्सवागन र भारतीय सवारी उत्पादनक कम्पनी महिन्द्राबीच विद्युतीय सवारी उत्पादनमा बढावा दिने सहमति भएको छ। यसका लागि फक्सवागन र महिन्द्राले भारतमा विद्युतीय कारका लागि आवश्वक पर्ने ब्याट्री सेल, मोटरलगायत बनाउन नयाँ प्लेटफर्म बनाउने छन्। 

images
images
images

फक्सवागनको प्रविधि ‘एमईबी इलेक्ट्रिक कम्पोनेन्ट’ मा आधारित रहेर महिान्द्राले नयाँ ‘बर्न इलेक्ट्रिक प्लेटफर्म’ बनाउने छ। यसका लागि फक्सवागन र महिन्द्राका प्रतिनिधिले बुधबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। 

images

भारतको एसयूभी उत्पादक महिन्द्राले बर्न इलेक्ट्रिक प्लेटफर्ममा एमईबी विद्युतीय कम्पोनेन्टहरु विद्युतीय मोटर, ब्याट्री सेल, ब्याट्री प्रणालीलगायत बनाउने छ। दुई कम्पनीबीच सुरुवाती चरणमा महिन्द्राले उक्त प्लेट फर्ममा बनाएको ब्याट्री निर्यात गर्न पाउने छैन। यो आर्थिक वर्षको अन्त्यपछि निर्यात गर्न मिल्ने नमिल्ने विषयमा पुनः दुई पक्षबीच छलफल भएर नयाँ सहमति हुनेछ। 

images

भारतमा महिन्द्रा र फक्सवागनले उत्पादन गर्ने विद्युतीय कारमा सो प्लेटफर्ममा बन्ने ब्याट्री प्रयोग हुनेछ। योसँगै दुई कम्पनीले बनाउने विद्युतीय कार केही सस्तो हुने र सहज रुपमा ब्याट्रीको उपलब्धता हुनेछ। 

images
images

फक्सवागनको यो प्रविधि, नवीनताको हस्तान्तरणले भारतीय विद्युतीय सवारीको क्षेत्रमा सकारात्मक योगदान पुग्ने विश्वास महिन्द्राको छ। 

भारत विश्वको पाँचौं ठूलो कार बजार हो। जहाँ हरेक वर्ष करिब ३० लाख सवारी बिक्री हुँदै आएको छ। २०३० सम्म यो संख्या बढेर वार्षिक ५ लाख पुग्ने अनुमान गरिएको छ। २०२१ को ग्लासगो जलवायु सम्मेलनमा भारतले २०३५ देखि शून्य प्रदूषण सवारीमात्र दर्ता गर्ने प्रतिवद्धता जनाएको छ। 

भारतका तथा अन्य बहुराष्ट्रिय कार उत्पादहरुले विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता दिन थालेका छन्। महिन्द्राले पनि सोही कुरालाई मध्य नजर गर्दै फक्सवागनसँग यो सम्झौता गरेको हो। 

भारतमा बिक्री हुने सवारीमध्ये २०३० सम्ममा करिब आधा विद्युतीय हुने अनुमान सवारी उद्योगका विज्ञहरुले बताएका छन्। फक्सवागनको एमईबी इलेक्ट्रिक प्लेटफर्म फक्सवागन, अउडी, स्कोडालगायतले प्रयोग गरसकेका छन्।

images

प्रकाशित : शुक्रबार, जेठ ६ २०७९०६:४९

प्रतिक्रिया दिनुहोस