बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

घट्दो ट्रेन्डमा अनुमानभन्दा बाहिर जाँदै सेयर बजार, भेटिएन थामिने आधार

बिहीबार , जेठ ५ २०७९
घट्दो ट्रेन्डमा अनुमानभन्दा बाहिर जाँदै सेयर बजार, भेटिएन थामिने आधार

काठमाडौं- लगानीकर्ताको साथ नपाउँदा सेयर बजारमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। बिहीबार २३.५१ अंकले घटेर बजार २२५०.९१ बिन्दुमा झरेको छ। 

यो साताको पहिलो कारोबार मंगलबार नेप्से ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा रोकिएको थियो। बुधबार ८.९० को झिनो अंकले बढेर २२७४.४२ बिन्दुमा पुगेको बजार बिहीबार पुन: घटेको हो। बिहीबार २३.५१ अंकले घटेको बजारमा १ अर्ब ३० करोड रुपैयाँको मात्र कारोबार भएको छ। जहाँ १९ कम्पनीको सेयर मूल्य बढ्दा १६९ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन। 

चुनावसँगै लगानीकर्ताको विश्वास फर्कन थाल्ने विश्लेषकहरूले बताइरहँदा अझै विश्वस्त हुने यकिन आधार देखिएको छैन। अर्थतन्त्र संकटमा जाने संकेतले घटिरहेको सेयर बजार लगातार सुस्ताइरहेको देखिन्छ। घट्दो ट्रेन्डमा सेयर बजार अनुमानभन्दा बाहिर जाँदा अब कुन बिन्दुमा पुगेर थामिन्छ भन्ने यकिन आधार नदेखिएको विश्लेषकहरू बताउँछन्।  

चुनावअघि बैंकबाट निक्षेप निकाल्ने क्रम पनि बढेको थियो। चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आँकलन हुन थालेपछि बजार बढ्ने अपेक्षा गरिएको थियो। तर माहोल त्यहीअनुरुप सकारात्मक हुन सकेको थिएन। लगानीकर्ता अब बजेट र मौद्रिक नितीको प्रतिक्षामा रहेकोले पनि केही समय लगानीकर्ता पर्ख र हेरको अवस्थामै रहने छन्। 

नेप्से परिसूचकले गत भदौ ३ गते ३ हजार २ सयभन्दा माथि पुगेर उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा छ। घट्दो ट्रेन्डमा बजार गएपछि लगानीकर्ताहरू बाहिरिन थालेका छन्। निरन्तर घटिरहेको बजारमा अझै कुन बिन्दुबाट टेको लाग्छ भन्ने अनुमान विश्लेषकहरूले गर्न सकेका छैनन्। 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend