बिहीबार , चैत ७ गते २०८१    
बिहीबार , चैत ७ २०८१
images
images

रोकिएको नबिल र बंगलादेश बैंक मर्जर अघि बढ्ने, मुद्दा फिर्ता 

images
बिहीबार , जेठ ५ २०७९
images
images
रोकिएको नबिल र बंगलादेश बैंक मर्जर अघि बढ्ने, मुद्दा फिर्ता 

अदालतको आदेशपछि रोकिएको मर्जर प्रकृया मुद्दा फिर्तासँगै अगाडि बढ्ने छ। 

images
images

काठमाडौं- नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जर रोक्न परेको रिट निवेदकले फिर्ता लिएपछि मर्जरमा देखिएको अवरोध हटेको छ। गत साताको इजलासले तत्काल मर्जर अगाडि नबढाउन दिएको आदेश संयुक्त इजलासमा पुगेको थियो। 

images
images

तर निवेदकले रिट फिर्ता लिएपछि मर्जरमा देखिएको समस्या स्वत: हटेको हो। बिहीबारका लागि न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सुष्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिएको थियो। सुनुवाइ सुरु नहुँदै निवेदकले मुद्दा फिर्ता लिएका हुन्। 

images
images

यसअघिको इजलासले तत्काललाई मर्जर जेजस्तो अवस्थामा छ त्यही अवस्थामा राख्नु भनी आदेश दिएको थियो। दुवै पक्षको कुरा सुन्नका लागि मंगलबारका लागि संयुक्त इजलास ताेकिएको थियो। मंगलबारको इजलास दुबै पक्षले टारेपछि बुधबार पुर्‍याएको थियो। बुधबारको इजलासमा हेर्न नमिल्ने भएपछि बिहीबार पेशी तोकिएको थियो।

images
images

नबिल र एनबीबीचको मर्जर प्रक्रिया रोक्न लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डलाई मुद्दा हालेका थिए। साथै दुबै बैंक, नेपाल राष्ट्र बैंकविरुद्ध पनि उनीहरूले मुद्दा हालेका थिए।

दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ। अन्तिम स्वीकृति लिनुअघि दुवैले विशेष साधारणसभा बोलाएका छन्। अदालतको आदेशपछि रोकिएको मर्जर प्रकृया मुद्दा फिर्तासँगै अब अगाडि बढ्ने छ। 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend