शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

रोजगारीमा जाने युवा काठमाडौं नआइ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न सम्भव छ?

images
images
रोजगारीमा जाने युवा काठमाडौं नआइ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न सम्भव छ?
images
images

काठमाडौं- नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’ व्यावसायिक रुपमा सञ्चालनमा आइसकेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेबाट व्यावसायिक उडान सुरु भएको हो।

images
images
images

विमानस्थलबाट कुवेतको जजिरा एयरलाइन्सले उडान गर्दै आएको छ। एयरलाइन्सले सातामा तीनवटा उडान गर्ने गरी अनुमति लिएको छ।

images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनी र गण्डकीपारीका प्रदशेबाट अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुलाई कााठमाडौं आउनपर्ने बाध्यता हट्ने छ। तर यसका लागि प्राय काठमाडौं विमानस्थललाई वेस बनाएर उडान गर्दै आएका एयरलाइन्स कम्पनीको उडान भने आवश्यक छ।

images

योसँगै वैदेशिक रोजगारीमा जाने युवालाई काठमाडौं नआइ भैरहवाबाट नै उड्न पाउने अवस्था मिलाउनु पर्ने छ। तर अहिलेसम्म वैदेशिक रोजगारीका लागि म्यानपावरमार्फत जाने युवाले काठमाडौं आउनपर्ने बाध्यता यथावत नै छ।

images
images

एकपटक विदेशमा गइ बिदामा नेपाल आएर पुन: विदेश जान चाहनेका लागि भने काठमाडौं आउनु पर्ने बाध्यता हटेको छ। 

कुनै युवा वैदेशिक रोजगारीका लागि जाँदै छन् भने उनले काठमाडौं नै नआइ भैरहवाबाटै उड्न पाउने अवस्था छ? यसका लागि के तयारी भइरहेको छ? कुन कुन काम भएको अवस्थामा रोजगारीमा जाने युवा काठमाडौं नआइ भैरहवाबाटै उडान गर्न सक्छन्? यस विषयमा हामीले वैदेशिक रोजगार विभागमा महानिर्देशक शेषनारायण पौडेललाई सोधेको थियौँ।

उनको जवाफ जस्ताको त्यस्तै -

भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ। यो विमानस्थल सञ्चालनमा सफलताको लागि वैदेशिक रोजगारीमा जाने युवाले भैरहवाबाट उड्न चोहेको अवस्थामा काठमाडौं नआइ सबै प्रक्रिया पूरा गरेर उड्न पाउनु पर्छ। म्यानपावर कम्पनीले पनि एउटा युवा म काठमाडौं नआइ भैरहवाबाटै विदेश उड्छु भन्छ भने उडान गर्न सक्नेगरी काम गर्नु पर्छ।

यसका लागि विभागले भैरहवामा वैदेशिक रोजगार कार्यालय सञ्चालन ल्याउँछ। यसका लागि यही शुक्रबार मन्त्रीसहितको टोली भैरहवामा अध्ययनका लागि जाने छ।

साथै अहिले वैदेशिक रोजगारीका जानुपूर्व युवाले लिनुपर्ने अभिमुखीकरण तालिमका लागि पनि तालिम दिने संस्था भैरहवामा खुलेका छन्। त्यसमा कुनै समस्या छैन। 

अर्को विषय संस्थागत श्रम स्वीकृतिको विषय हो। अहिले सबै प्रकारको श्रम स्वीकृत अनलाइनबाट लिने हो। यसमा समस्या छैन। आवश्यक समन्वयका लागि कालिमाटी ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयकै अधिकारी पठाएर त्यहाँ पनि कार्यालय छिट्टै खुल्छ।

अर्को विषय म्यानपावरको शाखा कार्यालय हो। विभाग तथा मन्त्रालयले आर्थिक दायित्वसमेतको सबै काम शाखा कार्यालयबाट नै गर्न पाउनेगरी भैरहवाका शाखा कार्यालय खोल्न दिने तयारी गरेको छ। शाखा कार्यालयको विषय पनि छिट्टै सम्बोधन हुन्छ। 

म्यानपावर कम्पनीले अन्तर्वार्ता भैरहवामा नै लिन चाहेको  हकमासमेत विभागले स्वीकृति दिने छ। यी सबै काम भएको अवस्थामा  काठमाडौं नआइ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नै उडान गर्न सकिन्छ। तर अहिले केही प्राविधिक कारणले केही ठाउँमा असम्भव देखिएको हो। तर पूरै तवरबाट असम्भव भने छैन। मेडिकल पहिले नै गर्ने हो। मेडिकल भने अहिले उपत्यकाबाहिर गएको छैन।

मेलेसिया जाने युवाको हकमा ३८ वटा मेडिकलले स्वास्थ्य परीक्षण गरिरहेका छन्। उनीहरू बाहिर गएको अवस्था छैन। उनीहरू पनि सरकारले जा भनेपछि जानै पर्छ। यसका लागि सबै तयारी भएको छ। साउदीलगायत खाडी मुलुक जाने युवाको मेडिकल पनि अहिले उपत्यबाट नै भइरहेको छ। यसलाई पनि उपत्यकाबाट बाहिर लैजान पर्छ।

के भन्छन् म्यानपावर व्यवसायी?

म्यानपावर व्यवसायी महासंघका अध्यक्ष बिमल ढकालले कामदारलाई काठमाडौं नआइ भैरहवाबाट उड्न सक्ने अवस्था सिर्जना गर्नका लागि सरकारले नै तत्परता देखाउनु पर्ने बताएका छन्। यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान कुमार श्रेष्ठले भैरहवाको स्थलगत अध्ययन गर्दै वैदेशिक रोजगारको कार्यालय खोल्ने तथा म्यानपावर व्यवसायीलाई भैरहवामा शाखा कार्यालय खोल्न दिने तयारी गरेको उनको भनाइ छ।

उनका अनुसार अहिलेको अवस्थामा पनि कामदारले भैरहवाबाट नै उडान गर्न सक्ने अवस्था छ।

तर एक म्यानपावर व्यवसायीले भने सरकारले चाहेर पनि म्यानपावरले भैरहवाबाट सेवा दिन नसक्ने बताउँछन्। मलेसियालगायत खाडीको देशमा १० हजार रूपैयाँमै कामदार पठाउनु पर्ने अवस्थामा काठमाडौं र भैरहवामा कार्यलय खोलेर सेवा दिन नसक्ने तीनले बताए।

images

प्रकाशित : बिहीबार , जेठ ५ २०७९१०:२२

प्रतिक्रिया दिनुहोस