मंगलबार, वैशाख २५ गते २०८१    
images
images

‘सरकारले विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको छ’

images
बिजनेस न्युज
images
images
‘सरकारले विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको छ’
images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सरकारले दीर्घकालीन रूपमा विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको बताएकी छिन्। 

images
images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज आयोजना गरेको कार्यशाला गोष्ठीमा मन्त्री यादवले साझा यातायातमार्फत ३७ विद्युतीय बस ल्याउन लागिएको बताइन्। तीमध्ये अहिले तीन बस परीक्षणमा रहेको र परीक्षण सकिएपछि बाँकी बस आइपुग्ने उनले बताइन्।

images

सरकारले सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग विद्युतीय हुने र आगामी दिनमा यातायातमा विद्युतीय माध्यमको प्रयोग बढाइने बताइन्। उनले भनिन्, 'पेट्रोलियम पदार्थ अत्यधिक आयातका कारण हुने व्यापार घाटा कम गर्न पनि विद्युतीय सवारीसाधन प्रोत्साहन गर्न खाँचो छ।'

images

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पहिले काठमाडौँ आउँदा ट्रलिबस देखेको भए पनि अहिले त्यसको अवशेषसमेत बाँकी नभएको बताइन्। साझा यातायातले पहिले तामझामका साथ ल्याएको विद्युतीय बसको अवस्थाबारे अहिले जानकारी नभएको उनले बताइन्। काठमाडौँलगायतका सहरी क्षेत्रको एकीकृत विकासका लागि युटिलिटी करिडोरसम्बन्धी विधेयक अघि बढाइएको उनको भनाइ छ।

images
images

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले २० वर्ष पुराना सबै सवारीसाधन चल्न नदिइने व्यवस्थामा परिवर्तन गर्न खोजिएको बताए। सवारीसाधनको अवस्था सही छ भनी परीक्षण भएका सवारीसाधन चल्न दिने गरी विधेयक अघि बढाएको उनले जानकारी दिए। 

 मन्त्रालयका सहसचिव केशवकुमार शर्माले विद्युतीय सवारीसाधनको विकासका लागि कानून आवश्यक भएको बताए। रासस

images

प्रकाशित : बुधबार, जेठ ४ २०७९०१:१३
प्रतिक्रिया दिनुहोस