बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उच्च बिन्दुबाट ९२६ अंकले ओरालो लागेपनि लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा, कुन बिन्दुमा लाग्ला टेको?

बुधबार, जेठ ४ २०७९
उच्च बिन्दुबाट ९२६ अंकले ओरालो लागेपनि लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा, कुन बिन्दुमा लाग्ला टेको?

काठमाडौं- लगानीकर्ताहरू विश्वस्त नहुँदा सेयर बजार बढ्नुको सट्टा घट्दो ट्रेण्डमा नै देखिएको छ। मंगलबार नेप्से ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा रोकिएको थियो। तर बुधबार भने ८.९० को झिनो अंकले बढेर २२७४.४२ बिन्दुमा बजार पुगेको छ।

अंक केही बढेपनि कारोबार रकम भने खुम्चिएको छ। ३१ लाख ५६ हजार कित्ता किनबेच हुँदा १ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ। बुधबार थोरै अंकले बजार सकारात्मक भएपनि कारोबार रकम भने सुस्ताएको हो।  

nepse.PNG

मंगलबार ३५ लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो। बुधबार कारोबार सुरु भएसँगै दिनभर उतारचढाव आयो। सुरुमा उच्च अंकले घटेको बजार अन्तिममा सम्मालिएर बन्द भएको हो। 

बजार अझै बढ्ने आधार देखिएको छैन। उच्च अंकबाट ९२६ अंकले घटिसकेको बजार अझै कतिसम्म घट्छ भन्ने अनुमान लगाउन विश्लेषकहरूले सकेका छैनन। घट्दो ट्रेण्डमा बजार गएपछि सेयर बजार सुस्ताएको छ भने लगानीकर्ताहरू बाहिरिन थालेका छन्। निरन्तर घटिरहेको बजारमा अझै कुन बिन्दुबाट टेको लाग्छ भन्ने अनुमान विश्लेषकहरूले गर्न सकेका छैनन्। 

नेप्से परिसूचक गत भदौ ३ मा ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा रहेको थियो। चुनाव अघि बैंकबाट निक्षेप निकाल्ने क्रम पनि बढेको थियो। चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आँकलन हुन थालेपछि बजार बढ्ने अपेक्षा गरिएको थियो। तर माहोल त्यहीअनुरुप सकारात्मक हुन सकेको थिएन। लगानीकर्ता अव बजेट र मौद्रिक नितीको प्रतिक्षमा रहेकोले पनि केही समयमा अझै लगानीकर्ता पर्ख र हेरको अवस्थामै रहने छन्। 

नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धि संशोधित कार्यविधि कार्यान्वयनमा ल्याउँदा पनि सेयर बजार भने राम्ररी बढ्न सकेको छैन। नेपाल धितोपत्र बोर्डले २०७८ जेठ ११ मै संशोधन गरेर पठाएको संशोधित कार्यविधि कार्यन्वयनमा ल्याइएको थियो।  

सरकारले फागुनको पहिलो साता स्थानीय तहको चुनावको मिति तोकिरहेको बेला सेयर बजारमा आम लगानीकर्ता उत्साहित बनेका थिए। बजार ३२ सयको बिन्दुबाट ओरोलो लागिरहेको बेला एकाएक चुनावी गफ सुरु भयो। जसले लामो समयसम्म नेप्से परिसूचक २८ सयको मनोवैज्ञानिक बिन्दुमा रहेको थियो। विशेषगरी  साना  लगानीतकर्ताहरू भने चुनावी समयमा बजार बढ्ने भन्दै हौसिएर लागिपर्दा बेलाबखत घाटा व्यहोरिरहेका छन्। लगातार घट्दा नेप्से सूचक ढेड वर्षयताकै न्यूनतम बिन्दुसम्म खस्न पुगेको छ।  


प्रकाशित : बुधबार, जेठ ४ २०७९०९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend