मंगलबार, असोज १ गते २०८१    
images
images

दोस्रो बजारका आर्कषक कम्पनी नबिल र टेलिकमको सेयर मूल्य घट्दा खरिद गर्नेलाई अवसर, कुनको किन्दा के फाइदा?

images
बुधबार, जेठ ४ २०७९
images
images
दोस्रो बजारका आर्कषक कम्पनी नबिल र टेलिकमको सेयर मूल्य घट्दा खरिद गर्नेलाई अवसर, कुनको किन्दा के फाइदा?
images
images

काठमाडौं- सेयरधनीलाई दिने लाभांशका हिसाबले बैंकहरूमा नबिल बैंक र सेवप्रदायक कम्पनीमा नेपाल टेलिकम अगाडि देखिँदै आएको छ।  पछिल्लो वर्षको नाफाबाट दुवै कम्पनीले सेयरधनीलाई उच्च लाभांश दिएका थिए। तर अहिले यिनिहरूको सेयर मूल्य भने सस्तोमा आएको छ। जसका कारण सेयरधनीलाई सेयर खरिद गर्न उपयुक्त अवसर हुनसक्छ।  

images
images
images

नेपाल टेलिकम

लाभांश घोषणापछि घटेको नेपाल टेलिकमको सेयर मूल्य घट्ने क्रम रोकिएको छैन। साताको पहिलाे दिन मंगलबार पनि प्रतिकित्ता ७१.६० रुपैयाँले घटेर ९८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

ntc.PNG

मंगलबार २७ हजार ९२५ कित्ता कारोबार भएको कम्पनीको सेयर मूल्य केही समय अगाडि बढेर १७९९.९० रुपैयाँसम्म पुगेको थियो भने घटेर ९२५ रुपैयाँसम्म आएको थियो। घटेर बढेको सेयर मूल्य पुनः घट्न थालेको छ। इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिएपछि घटिरहेकाे छ। 

images

ठूला लगानीकर्ताले सूचना चुहाएर सेयर मूल्य बढाउने र लाभांश घोषणापछि बिक्री गरेर बाहिरिँदा सेयर मूल्य लगातार घटिरहेको आरोपसमेत लागेको थियो। कम्पनीको सूचना चुहाएर एक वर्षयताकै महँगो मूल्य १७९९ रूपैयाँसम्म सेयर मूल्य पुगेको आरोपसमेत विज्ञहरूले लगाएका थिए। पछिल्लो ५२ हप्तामा टेलिकमको ९ सय ७२ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको थियो। कम्पनीको बजार पुँजीकरण १ खर्ब ७६ अर्ब रुपैयाँमा झरेको छ।

गत महिना कम्पनीकाे बजार पुँजीकरणा २ खर्ब ५७ रुपैयाँ रहेको थियो। कम्पनीको चुक्तापुँजी १७ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। 

कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो। कम्पनीले यसवर्ष पहिलो पटक सेयर लाभांश घोषणा गरेको हो।

नबिल बैंक 

नबिल बैंकको सेयर मूल्य पछिल्लो समय घटिरहेको छ। सेयर लगानीकर्ताहरूका लागि नबिल बैंकको सेयर अन्य बैंकको तुलनामा सबैभन्दा राम्रो मानिँदै आएको छ। थोरै पैसा भए पनि सेयरमा राम्रो बुझेका लगानीकर्ताहरूले पहिलो बैंकको सेयर किन्दा विशेषगरी नबिल बैंकको सेयर किन्नमा बढी रुचि राख्ने गर्दछन्।

कम्पनीले राम्रो बोनस दिनसक्ने, हरेक वर्ष नाफामा गएको, सबैभन्दा बढी पुँजी भएको साथै वित्तीय क्षेत्रमा लगानी बढाएका कारणले पनि नबिल बैंकमा लगानीकर्ताको आकर्षण अझ पछिल्लो समय उच्च रहेको छ। सेयरधनीलाई बैंकले ३३ दशमलव ६ प्रतिशत सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश दिएकाे थियाे। 

nabil.PNG

बैंकको मंगलबार प्रतिकित्ता २० रुपैयाँ घटेर ९१० रुपैयाँमा आइपुगेको छ। २६ हजार ८३७ कित्ता कारोबार भएको बैंकको सेयर मूल्य यसअघि घढेर १७४० रुपैयाँसम्म पुगेको थियो भने लाभांभ दिने समयमा मूल्य समायोजन हुँदा ९८५ रुपैयाँमा भएको थियो। 

बैंकको चुक्तापुँजी १८ अर्ब ३७ करोड पुगेको छ। बजार पुँजीकरण १ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ। बैंकको बैंगलादेश बैंक प्राप्ती गर्ने सम्झौता गरिसकेको छ। जसका कारण पनि अझै आक्रामक रुपमा अघि बढ्ने देखिन्छ। लाभांश दिने क्षमता अझै बढाउँदै छ।


प्रकाशित : बुधबार, जेठ ४ २०७९००:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend