बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

चुनावबाट फर्किएका लगानीकर्ताले सेयर बिक्रीमा राख्दा उच्च अंकको गिरावट, अब बजेट कुर्ने मुडमा

मंगलबार, जेठ ३ २०७९
चुनावबाट फर्किएका लगानीकर्ताले सेयर बिक्रीमा राख्दा उच्च अंकको गिरावट, अब बजेट कुर्ने मुडमा

सोमबार ३५ लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको हो। 

काठमाडौं- चुनाव अगाडिको सातामा ११२ अंकले बढेको बजार चुनावपछिको पहिलो कारोबारमै भारी गिरावट आएको छ। चुनावी माहोलले समेत उल्लेख्य वृद्धि नभएको नेप्सेपरिसूचक चुनावअघि केही दिन बढेपनि आज सोमबार भने भारी गिरावट आएको हो।

चुनाव अगाडि सेयर बिक्री गर्न छाडेर लगानीकर्ता चुनावमा लगेका थिए। तर चुनाव सकेर फर्किए लगत्तै बिक्रीको चाप पर्दा बजारमा भारी गिरावट आएको छ। विश्लेषकहरुले अब सेयर बजारले सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रतिक्षा गर्न सक्ने अनुमान गरिएको छ। जसमा केही दिन घट्ने र बढ्नेबीच उतारचढाव आउने देखिएको छ। 

विगतका समयमा झैं चुनावताका बजारमा पैसा निस्कने हुँदा त्यसको प्रभाव सेयर बजारमा पर्ने भन्दै केही ठूला लगानीकर्ताले बजार बढ्ने हल्ला राम्रै चलाएका थिए। तर इतिहासलाई हेर्ने हो भने चुनावको समयमा बजारमा मिश्रित प्रभाव नै परेको देखिन्छ। अहिलेको बजारमा पनि चुनावकै कारण खास प्रभाव परेन। 

सोमबार नेप्से ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमार राेकिएको छ। सोमबार ३५ लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको हो। 

सुस्ताएको बजारमा गत साता चार दिनको वृद्धिले लगानीकर्ताको विश्वास फर्कन थालेको विश्लेषकहरूले बताइरहँदा चुनाव लगत्तै बजारमा भारी गिरावट आएको छ। 

गत साता चार दिन बढेको बजार कारोबारको अन्तिम दिन बिहीबार भने घटेको थियो। चार दिनको कारोबारमा बजारमा हरियाली छाउँदै १३०.४४ अंकको वृद्धि देखिएको थियो। बिहीबार भने बजार १८.६४ अंकले घटेर २३५०.४२ बिन्दुमा झरेको थियो।

गत साता आइतबार १७.९५ अंकले बढेको बजार सोमबार १२.२७ अंकले बढेको थियो। मंगलबार ४४.१६ अंकले बढेर बजार २३१३.०० बिन्दुमा पुगेको थियो। बुधबार पनि ५६.०६ अंकको वृद्धिसहित बजार २३६९.०६ बिन्दुमा पुगेको थियो।


प्रकाशित : मंगलबार, जेठ ३ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend