शुक्रबार, चैत १६ गते २०८०    
images
images

चैतमा उकासिएको घरजग्गा कारोबार बैशाखमा सुस्तायो, बैंकले लगानी गर्न छाडेपछि अझै घट्ने संकेत

images
images
चैतमा उकासिएको घरजग्गा कारोबार बैशाखमा सुस्तायो, बैंकले लगानी गर्न छाडेपछि अझै घट्ने संकेत

तरलता अभावका कारण बैंकहरुले घरजग्गामा लगानी गर्न छाडेपछि बैशाखमा घरजग्गामा काराेबार ४४ हजार वटामा सीमित भएको छ।

images
images

काठमाडौं- चैत महिनामा उत्साह देखिएको घरजग्गा कारोबार बैशाखमा भने ब्रेक लागेको छ। आर्थिक संकट आउने भन्दै चर्चा चलरिहेका बेला चैत महिनामा पनि कारोबार उच्च भएको थियो। चैत महिनामा ७० हजार ८२९ वटा घरजग्गा कारोबार भएको थियो। 

images
images
images

नयाँ वर्षसँगै चुनावी माहोलले पनि घरजग्गा कारोबारमा उत्साह आएको छैन। तरलता अभावका कारण बैंकहरुले घरजग्गामा लगानी गर्न छाडेपछि बैशाखमा घरजग्गामा काराेबार ४४ हजार वटामा सीमित भएको छ। बैशाख महिनामा देशभरका मालपोत कार्यालयबाट करिब ९९ हजार सेवाप्रवाह हुँदा ४४ हजार ८०३ घरजग्गा किनबेच भएको भूमि व्यावस्थापन तथा अभिलेख विभागले जनाएको छ। कारोबार सुस्ताएकाे घरजग्गाको मूल्य सस्तो हुने आँकलन गरेपनि त्यसको प्रभाव भने परेको छैन। 

images

बैशाख महिनामा मालपोत कार्यालयबाट ४४ हजार ८०३ लिखत पारित हुँदा ३ हजार २०३ नामसारी भएको छ भने २ हजार ५१३ संशोधन, २३ हजार ३३५ रोक्का, १५ हजार १३१ फुकुवा र १३ सय ५१ दाखिला खारेज गरेको विभागले जनाएको छ। 

images
images

ev maruti-s-presso.jpg

गत फागुनमा पनि घरजग्गा कारोबारमा साउनयताकै रेकर्ड बनेको थियो। माघ महिनासम्म सुस्ताएको घरजग्गा कारोबार फागुन र चैत दुवै महिना चम्किएको थियो। बैंकहरूले ऋण लगानी नगर्दा पनि फागुन र चैतमा घरजग्गा कारोबार बढेको थियो। 

विभागले दिएको तथ्यांकअनुसार फागुनमा ७४ हजार ३६ घरजग्गा किनबेच भएको थियो। माघ महिनामा जम्मा ५९ हजार ५ सय १६ वटा मात्रै घरजग्गा किनबेच भएको थियो। 

यसअघि कात्तिकमा ५० हजार घरजग्गा किनबेच भएको थियो। पुस महिनामा ७० हजार १ सय ६८ घरजग्गा किनबेच भएको थियो। बैंकहरूमा तरलता अभाव भएपछि घरजग्गा कारोबारमा मन्दी आएको थियो। 

बैशाख महिनामा सबैभन्दा बढी इनरुवा सुनसरीबाट भएको छ। इनरुवा मालपोत कार्यालयबाट बैशाख महिनामा मात्रै २ हजार ६४ घरजग्गा किनबेच भएको छ। त्यस्तै, बेलबारी मोरङबाट १८ सय ८९, भद्रपुर झापाबाट १७ सय २०, जनकपुरधाम धनुषामा १५ सय ३६, ललितपुर लगनखेलबाट १४ सय ३१ र नेपालगञ्जबाट १३ सय ७९, भक्तपुरबाट १३ सय १६ र चितवनबाट ११ सय ३५ घरजग्गा किनबेच भएको छ। 

ev maruti-s-presso.jpg

चैत महीनामा सबैभन्दा बढी कित्ताकाट झापाको दमकमा भएको थियो। झापामा ३ हजार ५० साविकका कित्ताहरु काटेर ६ हजार २९१ नयाँ कित्ता कायम भएका छन्। पूर्वकै इटहरीमा ७ हजार २९६ नयाँ कित्ता कायम भएको थियो। धेरै कित्ताकाट हुनेमा बेलबारी मोरङ रहेको छ। बेलबारीमा साविकका २ हजार २३७ कित्ता जग्गा टुक्र्याएर ५ हजार ७७७ नयाँ कित्ता कायम गरिएको थियो। 

बैशाख महिनामा ४४ हजारको हाराहारीमा घरजग्गा किनबेच हुँदा उपत्यकामा ६ हजार १०९ घरजग्गा किनबेच भएको छ। चैत महिनामा उपत्यकामा ८ हजार ८५३, फागुनमा ५५ सय ३६ घरजग्गा किनबेच भएको थियो ।

बैशाख महिनामा विभागले देशभरबाट पौने ५ अर्ब बढी राजस्व संकलन गरेको छ।

images

प्रकाशित : मंगलबार, जेठ ३ २०७९०८:३९

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ