मंगलबार, असोज १ गते २०८१    
images
images

बजेट अधिवेशन आजदेखि सुरु हुँदै, के के छन् सम्भावित कार्यसूची?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, जेठ ३ २०७९
images
images
बजेट अधिवेशन आजदेखि सुरु हुँदै, के के छन् सम्भावित कार्यसूची?
images
images

काठमाडौं-संसद्को बजेट अधिवेशन आज मंगलबारदेखि सुरु हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन मंगलबार ४ बजेलाई बोलाएकी छन् । 

images
images
images

संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । बैठकमा सरकारले जारी गरेका दुई अध्यादेश पेस गर्ने, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने, अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट पठाएको पत्र सुनाउनेलगायत विषयलाई कार्यसूचीमा राखिएको छ ।

यता एमालेले भने यसअघि जस्तै विरोध जारी राख्ने जनाएको छ। एमालले भदौ २३ देखि संसद्मा विरोध जारी राखेको छ । जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। विनियोजन विधेयक ल्याउनुभन्दा १५ दिनअघि नै बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)छलफल गरियोस् भनी अर्थमन्त्रीले प्रस्ताव गर्नुपर्छ।

यो प्रस्ताव मंगलबारको बैठकमा राख्न लागिएको छ । मंगलबार संसद्को बैठक बस्नुअघि २ बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठकबाट पाएको परामर्शका आधारमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल कार्यविधि तय हुनेछ। 

images

छलफलका आधारमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक प्रस्तुत गर्नेछन्। जेठ ७ मा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भए पनि सरकारले संसद्लाई यसबारे जानकारी गराएको छैन। 


प्रकाशित : मंगलबार, जेठ ३ २०७९०१:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend