शुक्रबार, वैशाख १४ गते २०८१    
images
images
राष्ट्र बैंकको विग मर्जरको नीति

ग्लोबल आईएमई र एनसीसी मर्जको तयारीमा हुन ? यस्तो बन्नेछ देशकै ठूलो बैंक

images
images
images
ग्लोबल आईएमई र एनसीसी मर्जको तयारीमा हुन ? यस्तो बन्नेछ देशकै ठूलो बैंक

एनसीसी र ग्लोबल आईएमई बैंक मर्जरमा गएमा ३४ अर्ब ८२ करोड चुक्तापुँजी भएको सबैभन्दा ठूलो बैंक बन्ने छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुमा पुनः विग मर्जरको नीति लिने भएपछि ठूला बैंकहरु मर्जरको तयारीमा जुटेका छन्। मर्जरको सम्झौता गरेर भत्किएको नेपाल इन्भेष्टमेन्ट बैंक र  हिमालयन बैंकले अर्को जोडि खोजिरहेका छन्। प्रभु र सेञ्चुरी बैंक पनि मर्जरको चर्चामा छन्। 

images
images
images

राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययनमा नेपालमा वाणिज्य बैंकहरु धेरै भएकाले मर्जरको नीति मार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेको छ। राष्ट्र बैंकले अब ल्याउने नायाँ मौद्रिक नीतिमा मर्जरमा थप जोड दिनसक्ने अनुमान गर्दै बैंकहरु मर्जरका लागि पुनः अनौपचारिक छलफलमा केन्द्रित भएका छन्। 

images

अध्ययनअनुसार नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने निष्कर्ष निकालेको थियो। हाल नेपालमा २७ वटा वाणिज्य बैंकहरु छन्। तत्कालिन गभर्नर चिरञ्जिवी नेपालले चुक्तापुँजी ८ अर्ब पुर्‍याएसँगै वाणिज्य बैंकहरु मर्जरमा गएका थिए। अझ दर्जनौ बैंकहरु मर्जको तयारीमा रहेका छन्। अन्य फाइनान्स र विकास बैंकहरु समेत मर्जरमा गएका थिए।

images

यसै सन्दर्भमा एकपछि अर्को सफलता हात पार्ने अभियानमा रहेको ग्लोबल आईएमई बैंकले कुनै बैंकसँग मर्जरमा जाने गरी नयाँ योजना सुरु गरेको छ। ग्लोबल बैंकले पछिल्लो समय नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग मर्जमा जानका लागि अनौपचारिक छलफल गरेको थियो। विगतमा छलफल भएर टुंगोमा नपुगेपनि नयाँ आउन सक्ने नीतिलाई ध्यान दिएर दुवै बैंकका सञ्चालकहरु मर्जमा जान सकिने वा नसकिने छलफलमा जुटेका छन्। 

images
images

केही महिनायता एनसीसी र ग्लोबल आईएमई बैंकको मर्जर चर्चा चले पनि ठोस प्रगति भने हुन सकेको थिएन। पछिल्लो समय बैंकहरू एकपछि अर्को मर्जरमा जानेगरी छलफल थालेपछि ग्लोबल आईएमई र एनसीसीबीच पुनः मर्जको प्रस्तावमा छलफल सुरु भएको हो। 

छलफलमा स्वाप रेसियोदेखि अन्य विषयमा समेत अनौपचरिक कुराकानी भएका छन्। एनसीसी बैंकलाई एसबीआई बैंकले समेत मर्जको प्रस्ताव गरिसकेको छ। एनसीसी बैंक अहिले ग्लोबल आईएमई र एसबीआई बैंकसँग समानान्तर छलफलमा रहेको छ। एनसीसीको यसअघि नबिल बैंकसँग मर्जको प्रक्रिया अगाडि बढेको थियो। तर स्वाप रेसियो र सम्पती मूल्यांकन (डीडीए) मा कुरा नमिलेपछि भाँडिएको थियो। 

नाफामा पहिलो बनेपछि ग्लोबल आईएमई बैंक दोस्रो बजारमा पनि पहिलो हुने दाउमा लागेको छ। बैंकको सबै सूचकको सुधारले लगानीकर्ता उत्साहित देखिएका छन्। एकपछि अर्को सफलता हात पार्दै गएको ग्लोबल आईएमई बैंक ९ महिनाको विवरण हेर्दा नाफा धेरै कमाउनेमा पहिलो बनेको छ।  

यसअघि एनआईसी एसिया बैंकको नाफा बढी हुने गरेकोमा ग्लोबल आईएमई बैंकले नबिल र एनआईसी एसिया बैंकलाई पनि पछि पारिरहेको छ। योसँगै ग्लोबल आईएमई बैंक दोस्रो बजारमा पनि आकर्षक बन्दै जाने देखिएको छ। 

बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिएको छ। वितरणयोग्य नाफामा उत्साहजनक वृद्धि गरेकोले पनि आगामी वर्षहरूमा ग्लोबल आईएमई बैंकले सेयरधनीलाई आकर्षक लाभांश दिने निश्चित रहेको छ। बैंकको पछिल्लो ५२ हप्तामा अधिकतम ५१० रुपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो। भने न्यूनतम २७५ रुपैयाँमा कारोबार भएको थियो। 

ग्लोबल आईएमई बैंक नाफा कमाउनेमा पहिलो बनेको छ। नबिल र एनआईसी एशिया बैंकलाई उछिनेर लगातार नाफा कमाउनेमा पहिलो बनेको थियो। 

ग्लोबल बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकले अन्य वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी ३ अर्ब ७२ करोड ६२ लाख रूपैयाँ खुद नाफा गरेको थियो। बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ५७ करोड ८२ लाख खुद नाफा गरेको थियो।

बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले बढेको हो। बैंकको खुद व्याज आम्दानी ७ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख रुपैयाँ छ।

नाफा बढेपनि बैंकको चैत मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी १.१७ रूपैयाँले घटेर २०.८८ रुपैयाँ कायम भएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १४९.४५ रुपैयाँ पुगेको छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २१.४० रुपैयाँबाट बढेर २२.३९ रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनसीसी बैंकले पनि खुद नाफा ३५‍‍.१० प्रतिशतले बढेर १ अर्ब ४८ करोड ७७ लाख २२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब १० करोड ११ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न टेवा पुगेको हो। 

खुद ब्याज आम्दानी २६.८३५ ले बढेर २ अर्ब ७३ करोड ८१ लाख ५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब १५ करोड ८९ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४.६३ रुपैयाँले बढेर १७.८१ रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १८ पैसा थियो। प्रतिसेयर नेटवर्थ १४३.०१ रुपैयाँ छ । 

एनसीसी बैंकको चुक्तापुँजी ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ। एनसीसीको पछिल्लो ५२ हप्तामा अधिकतम ४०७ रुपैयाँसम्म अधिकतम सेयर मूल्य पुगेको थियो भने न्युनतम २१७ रुपैयाँमा कारोबार भएको थियो। 

एनसीसी र ग्लोबल आईएमई बैंक मर्जरमा गएमा ३४ अर्ब ८२ करोड चुक्तापुँजी भएको सबैभन्दा ठूलो बैंक बन्ने छ। यसअघि पनि ग्लोबल आईएमई र जनता बैंकबीच मर्ज भएर राष्ट्र बैंकको बिग मर्जरको नीतिलाई साथ दिइएको थियो।

images

प्रकाशित : मंगलबार, जेठ ३ २०७९१२:५५

प्रतिक्रिया दिनुहोस