काठमाडौं- व्यवसायीले विभिन्न २५ वटा जुक्ति निकाल्दै राजस्व चुहावट गर्ने गरेको निष्कर्ष राजस्व अनुसन्धान विभागले निकालेको छ।
व्यवसायीले भन्सार राजस्वतर्फ, आन्तरिक राजस्वतर्फ र विदेशी विनियमतर्फ यस्ता जुक्ति निकाल्दै राजस्व छली गर्ने गरेको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। सोही आधारमा एक वर्षमै झन्डै २५ अर्ब रुपैयाँ बराबरको राजस्व छली गरेको आरोपमा विभागले १ सय ३८ वटा फर्मविरुद्ध मुद्दा दर्ता गरेको छ।
विभागले राजस्व चुहावटतर्फ ८४ र विदेशी विनियमतर्फ ५४ वटा मुद्दा दर्ता गराएको छ। विभागले राजस्व चुहावटतर्फ ३ सय १७ जनासँग १९ अर्ब ९१ करोड र विदेशी विनियमतर्फ १ सय १४ जनासँग ४ अर्ब ९४ करोड रुपैयाँ माग दाबी गर्दै मुद्दा दर्ता गरेको हो।
कसरी भइरहेको छ राजस्व छली?
भन्सार राजस्वतर्फ :
- भन्सार नाकाभन्दा बाहिरबाट खुला सीमाको दुरुपयोग गरी विभिन्न मालबस्तु चोरी पैठारी गरी मुलुकको विभिन्न स्थानमा
अवैध रूपमा सामान बिक्रीवितरण गर्ने गरेको।
- भन्सार बिन्दुबाट सामान पैठारी गर्दा मालबस्तुको वर्गीकरण, मूल्याङ्कन, परिमाण, गुणस्तर र उत्पत्तिको देशसमेत गलत घोषणा गरी महसुल चुहावट गर्ने गरेको।
- पैठारी हुने सामानको न्यून मूल्य घोषणा गरी वास्तविक कारोबार रकम नदेखाइ भन्सार, आयकर र मूल्य अभिवृद्धि कर
समेत चुहावट गर्ने गरेको।
- भन्सार बिन्दुको नजिकमा गोदाम खडा गरी चोरी पैठारी भएका र चोरी निकासी गर्ने मालवस्तु भण्डारण र कारोबार गरी भन्सार राजस्व चुहावट गर्ने गरेको।
- विभिन्न क्यारिङ फर्महरूबाट विदेशबाट मालसामान आयात गर्ने र त्यसरी आयातित माल सामानको विजक वास्तविक खरिदकर्तालाई जारी नगरी असम्बन्धित व्यक्ति फर्मको नाममा जारी गरी आयकर र मूल्य अभिवृद्धी कर चुहावट हुने गरेको।
- विभिन्न माध्यमबाट चोरी निकासी गर्ने उद्देश्यले अवैध रुपमा सूनको पैठारी गरी कारोवार गर्ने गरेको, यस्तो कारोबारबाट राजस्व चुहावट हुने मात्र नभइ ठूलो मात्रामा विदेशी विनिमय अपचलन हुने अवस्था रहेको।
- राजस्व चुहावट गर्ने गराउने कार्यमा लेखापरीक्षक, कर सहयोगी, भन्सार एजेन्टसमेत प्रत्यक्ष रूपमा संलग्न हुने मतियारी गर्ने जस्ता पेशागत मर्यादा विपरित समेत क्रियाकलाप हुने गरेको।
आन्तरिक राजस्वतर्फ :
- व्यावसायिक कारोबारमा यथार्थ मूल्यमा बिलविजक जारी नगर्ने तथा विजक नै जारी नगर्ने प्रवृत्तिका कारण आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क चुहावटको जोखिम व्यापक रूपमा रहेको।
- न्यून आयस्तर भएका सोझा, सर्वसाधारण, मजदुर कामदार तथा कर्मचारीहरूको नाममा फर्म तथा कम्पनीहरू खडा गरी नाली मूल्य अभिवृद्धि कर विजक जारी गरी विभिन्न फर्म तथा कम्पनीहरूलाई विकि गर्ने र यस्ता भाती कर विजक प्रयोग गरी मूल्यअभिवृद्धि कर कहिँ लिने र आयकरतर्फ खर्च कट्टी दावी गरी कर दायित्व घटाई राजस्व चुहावट हुने गरेको।
- ठूला परियोजनाहरू निर्माण व्यवसाय, सार्वजनिक निकायमा आपूर्ति गर्ने कतिपय फर्महरूले ठूलो मात्रामा नली विल, विजक प्रयोग गर्ने गरेको।
- सेवा क्षेत्र विशेष गरी होटल, अस्पताल, शैक्षिक संस्था तथा मेडिकल कलेजहरूले बिलविजक जारी नगर्ने वास्तविक बिक्री आय नदेखाउने गरी आयकर तथा मूल्यअभिवृद्धि कर दायित्व घटाउने गरेको।
- ठूला परियोजना, ठूला पूर्वाधार आवश्यक पर्ने व्यवसायहरूमा पूर्वाधार निर्माणमा नाली विजकको प्रयोग, अवास्तविक सर्त दावी लगायतका माध्यमबाट सम्पत्तिको बढी पुँजीकरण देखाई आयकर तथा मूल्य अभिवृद्धि कर चुहावट गर्ने गरेको।
- डिजिटल प्लेटफमबाट संचालन हुने व्यवसायहरू दर्ता नगर्ने दर्ता गरे पनि वास्तविक कारोबार नदेखाउने विसविता जारी नगर्ने लगायतका कियाकलापबाट कर चुहावट गरी कर दायित्वबाट पन्छिने गरेको।
- अनलाइनबाट हुने कतिपय कारोबारहरू र विदेशबाट प्राप्त हुने आयलाई कर प्रयोजनको लागि घोषणा नगर्ने गरेको।
- कम्पनीको सेयर हस्तान्तरण हुँदा यथार्थ कारोबार रकम घोषणा नगर्ने र आयकर ऐन बमोजिम पुँजीगत लाभकर र स्वामित्व परिवर्तन वापतको कर दायित्व पालन नगर्ने प्रवृत्ति रहेको।
- शहरी क्षेत्रमा घर जग्गा कारोबार बढ्दै गएको, जग्गा किनबेच र प्लटिङ गर्ने व्यवसायिक कियाकलापहरू बढ्दै गए पनि वास्तविक कारोबार मूल्य घोषणा नगरी कर तथा गैरकर राजस्व चुहावट गर्ने गरेको।
- बहुराष्ट्रिय कम्पनीहरूमा आयकर दायित्व घटाउने उद्देश्यले मूल्य रूपान्तरण व्यवस्थापन शुल्कलगायतका अप्रत्यक्ष माध्यमबाट मुनाफा फिर्ता र राजस्व चुहावटको जोखिम उच्च रहेको।
- निर्माण सामग्रीहरू विशेष गरी बालुवा, रोडा तथा ईटाको कारोबारमा विजक जारी नगर्ने तथा वास्तविक कारोबारभन्दा न्यून घोषणा गरी राजस्व चुहावट हुने गरेको।
- व्यावसायिक कारोबारमा विभिन्न व्यक्तिगत बैंक खाताबाट संचालन गर्ने र वास्तविक कारोबार लुकाउने प्रवृत्तिले राजस्व चुहावटको जोखिम बढेको।
- मूर्तिको कारोबारमा अन्तःशुल्क स्टिकर नलगाउने, अवैध रूपमा कच्चा पदार्थ पैठारी हुने, मूल्य, गुणस्तर र परिमाण फरक पारी राजस्व चुहावट हुने गरेको।
विदेशी विनिमय अपचलनतर्फ
नेपाल राष्ट्र बैंकले २०७४ माघ ३ गतेदेखि नेपालमा प्रतिबन्ध लगाएका भारतीय रुपैयाँ २००, ५००, १,००० र २,००० दरका नोटहरूको ओसारपसार हुने गरेको।
- भारतबाहेक अन्य मुलुकका मुद्रा नेपालभित्र ल्याउँदा नेपाल राष्ट्रले २०७४ चैतमा भन्सार घोषणा गरी ल्याउन लैजान पाउने ५,००० अमेरिकी डलर भन्दा बढी रकम ओसारपसार भएको।
- विदेशी विनिमय साट्न अधिकार पाएका वित्तीय संस्थाहरूले रेकर्ड नराखी विदेशी मुद्रा सटही गरी विदेशी विनिमय अपचलन गर्ने गरेको।
अवैध हुण्डी कारोबारमा ४ तरिका
- भन्सार छली तथा अवैध निकासी पैठारीको कारोबारमा हुने भुक्तानी न्यून भन्सार मूल्याङ्कन गरी वास्तविक मूल्यको गैर
बैंकिङ भुक्तानी।
- वैदेशिक रोजगारमा गएका कामदारले रेमिट्यान्स पठाउँदा रोजगारीकै मुलुकमा रहेका एजेन्टलाई रकम दिइ नेपालमा रहेका परिवारले गैरबैंकिङ प्रणालीबाट लिने भुक्तानी।
- नेपाली विद्यार्थी विदेशमा पढ्न जाँदा तथा नेपाली नागरिकहरू विदेशमा उपचार गराउन जाँदा गैरबैंकित प्रणालीमार्फत रकम लैजाने पठाउने।
- सुनको तस्करी तथा अन्य मालबस्तु समेतको कारोबारबाट।