मंगलबार, वैशाख ११ गते २०८१    
images
images

टेस्लाकै पथमा होन्डा : चीनमा ईःएन सिरिजका विद्युतीय कारमात्र ल्याउने, नेपालमा कहिले आउला

images
images
images
टेस्लाकै पथमा होन्डा : चीनमा ईःएन सिरिजका विद्युतीय कारमात्र ल्याउने, नेपालमा कहिले आउला

होन्डाले चीना करिब २६ हजार डलरको कार ल्याउने छ जुन टेस्लाका सबै मोडलभन्दा सस्तो हुनेछ।

images
images

काठमाडौं- अमेरिकी कार उत्पादक कम्पनी टेस्लाले विश्व विद्युतीय कार बजारमा नयाँ मानक कायम गरेको छ। परम्परागत कार उत्पादकहरुलाई समेत टेस्लाले चुनौती प्रस्तुत गरिरहेको छ। विश्व नै विद्युतीय कारतर्फ आकर्षित भइरहेको अवस्थामा परम्परागत कार उत्पादकहरु पनि टेस्लाकै पथमा जाने निश्चितप्रायः छ। 

images
images
images

यस्तैमा जापानी कार उत्पादक कम्पनी होन्डाले पनि टेस्लाकै बाटो पक्ष्याउने भएको छ। होन्डाले विश्वको सबैभन्दा ठूलो कार बजार (विद्युतीयमा पनि) चीनमा अब विद्यु्तीय कार मात्र सार्वजनिक गर्ने भएको छ। होन्डाले चीनमा विद्युतीय कार सिरिज ईःएनमात्र सार्वजनिक गर्ने भएको हो। 

images

होन्डाले चीनमा प्रतिस्पर्धी मूल्यमा विद्युतीय कार ल्याउन लागेको हिन्दुस्तान टाइम्सले लेखेको छ। होन्डाले चीना करिब २६ हजार डलरको कार ल्याउने छ जुन टेस्लाका सबै मोडलभन्दा सस्तो हुनेछ। ऋबको केही समयमा सार्वजनिक हुने होन्डाको एच लोगो युक्त पहिलो विद्युतीय कार हुनेछ। 

images

होन्डाले आगामी ५ वर्षमा चीनमा ईःएन सिरिज अन्तर्गत १० वटा नयाँ विद्युतीय कार सार्वजनिक गर्ने योजना बनाएको छ। चीनमा होन्डाले विद्युतीय कार उत्पादन गर्न स्थानीय साझेदारको रुपमा डोङफेङ अटोमोबाइलसँगै सम्झौता गरिसकेको छ। चीनमा डोङफेङ होन्डाले होन्डाकै लोगोमा विद्युतीय कार उत्पादन गर्ने छ। 

images
images

त्यस्तै होन्डाले अर्को चिनियाँ साझेदार जीएसी होनडा अटोमोबाइलका रुपमा नयाँ उपक्रम बनाइसकेको छ। डोङफेङसँगको साझेदारीमा ईःएनएवान एसयूभी कार र जीएसीसँगको साझेदारीमा ईःएनपीवान विद्युतीय कार यसै महिनामा सार्वजनिक हुनेछ। 

होन्डाले सार्वजनिक गर्ने कारले एक पटकको फुल चार्जमा ५ सय १० किलोमिटर रेन्ज दिनेछ। होन्डाका विद्युतीय कारमा विश्वकै ठूलो ब्याट्री उत्पादन चिनियाँ कम्पनी सियाटलको ब्याट्री प्रयोग हुनेछ। जुन कम्पनीमा होन्डाको समेत लगानी रहेको छ। 

यही महिनामा अन्त्यमा सार्वजनिक हुने होन्डाको विद्युतीय कार संयुक्त उपक्रममा रहेको कम्पनीबाटै उत्पादन हुनेछ। तर २०२४ देखि भने विद्युतीय कार उत्पादनका लागि निर्माण हुने प्लान्टबाटै कार उत्पादन हुनेछ। 

चीनसँगै होन्डा विद्युतीय सवारी लिएर युरोपलगायत विश्व बजारमा जान चाहेको छ। २०२३ मा विद्युतीय कार लिएर युरोप प्रवेश गर्ने तयारीमा होन्डा छ। त्यसको केही समयमा एसियाली बजारमा समेत विद्युतीय कार बिक्री गर्ने होन्डाले जनाएको छ। 

होन्डाले २०२१ मा चीनमा १५ लाख ६० वटा नयाँ सवारी चीनमा बिक्री गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत कम हो। गत वर्ष बिक्री गरेको कुल कारमा विद्युतीय वा हाइब्रिडको संख्या १० हजार जतिमात्र थियो। २०३० सम्ममा होन्डाले भारतमा वार्षिक ८ लाख विद्युतीय कार बिक्री गर्ने योजना बनाएको छ। सोहीअनुसार लगानी तथा अन्य रणनीतिहरु बनाइरहेको छ। 

विगतमा नेपाली बाजरमा पनि होन्डाका कार उल्लेख्य संख्यामा बिक्री हुँदै आएको थियो। तर पछिल्लो समय होन्डाका कारको बिक्री भने उत्साहजनक छैन। ब्रान्ड तथा मोडलले साथ दिएपनि होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले बिना ब्रान्डिङ बेचिरहेको दुईपांग्रेमा जस्तै चारपांग्रेमा पनि हुने अपेक्षा गरेकाले बजार हिस्सा नगन्यमात्र छ। 

त्यसैले अब कम्पनीले होन्डाका विद्युतीय तथा हाइब्रिड कार नेपाली बजारमा ल्याउने हो भने बिक्री बढ्न सक्छ। विद्युतीय कारमा सरकारले कर सहुलियत दिएकाले पनि होन्डाले यसमा फाइदा लिँदै बजार हिस्सामा आफ्नो पुरानो साख फर्काउन सक्छ। तर होन्डाले तत्काल नेपाललाई विद्युतीय कार नदिन सक्छ। २०२३ सुरुमा भने नेपालमा होन्डाको विद्युतीय कार आइपुग्न सक्छ। 

images

प्रकाशित : बुधबार, जेठ ४ २०७९०४:२५

प्रतिक्रिया दिनुहोस